इजरायलले धेरै नेपाली लैजाने तयारी गर्दै,कसरि जाने ? कति लाग्छ लागत ? हेर्नुहोस सम्पूर्ण जानकारी !

जागृति खबर संवाददाता

काठमाडौं ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो ।

उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल

सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा

१ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो ।भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली

जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामि दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।

त्यस्तै उहाँले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गर्नु भयो ।

सरकारी नीति नै अवरोध

खाडी तथा मलेसियाबाहेकका मुलुकमा नेपाली श्रमिक रोजगारीका लागि पठाउन नेपालको सरकारी नीति नै अवरोध भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

उनका अनुसार युरोपियन मुलुकहरूले नेपाली कामदार माग गरे पनि सम्बन्धित मुलुकमा दूतावास नहुँदा पठाउन नसकिएको उनले बताए । मन्त्री श्रेष्ठका अनुसार मोरिसियससँग नेपाल सरकारले श्रम–सम्झौता गरेको छ । तर, सो मुलुकमा नेपाली दूतावास नहुँदा सम्झौता कार्यन्वयन हुन सकेको छैन ।

रोमानिया, क्रोसिया, पोल्यान्ड, लुथोनिया, टर्की, सिसल्सलगायतका मुलुक नेपाली कामदार लैजान तयार छन् । तर, ती मुलुकहरूमा नेपाली दूतावास छैन ।
मोरिसियस जानका लागि साउथ

अफ्रिकास्थित नेपाली दूतावास आएर प्रमाणीकरण गर्नुपर्छ । किनकि, मोरिसियसलाई साउथ अफ्रिकाको नेपाली दूतावासले हेर्छ । रोमानिया र पोल्यान्डका लागि जर्मनी पुग्नुपर्छ । टर्कीका लागि पाकिस्तान पुग्नुपर्छ । यो भनेको लामो प्रक्रिया हो ।

कुनै पनि रोजगारदाता कम्पनीले यस्तो झन्झटिलो प्रक्रिया गर्न चाहँदैनन् । त्यसैले, कामदार पठाउन अप्ठ्यारो भएको मन्त्री श्रेष्ठले बताए । त्यस्तै, बाह्य मुलुकसँग मन्त्रालयले सीधा वार्ता गर्न नपाउने, परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने हुँदा श्रम मन्त्रालयका लागि पनि झन्झटिलो भएको उनले बताए ।