छोरी जन्मिएपछिको प्रियंकाको यस्तो हट अवतारको चर्चा !

जागृति खबर संवाददाता

काठमडौँ ।

लोकप्रिय नायिका प्रियंका कार्की फेरी पुरानै हट अवतारमा फर्किएकी छिन् । उनले हालै बोल्ड तस्वीर पोष्ट गरेपछि उक्त तस्विर अहिले भाइरलब निरहेको छ ।

छोरीलाई जन्म दिएपछि पहिलो पटक यति बोल्ड अवतारमा देखिएकी सुन्दरी नायिका प्रियंकाले आँफु फेरी काममा फर्किएको यही तस्विरका माध्यमबाट जनाउ दिएकी छिन् ।

हाल हाल फिल्म ‘फूलबारी’को छायांकनमा व्यस्त प्रियंकाको आमा बनेपछि प्रियंकाको तौल ह्वात्तै बढेको थियो । बैशाखमा फिल्म ‘लक्का जवान’को प्रमोशनका क्रममा प्रियंकाको तौल यतिबिधि उनले घटाइन् की देख्नेहरु सबै छक्क परे ।

प्रियंकाले आफ्नो तौल घटाएर पुरानै अवस्थमा फर्किए लगत्तै उनी पु्न फिल्मको छायांकनमा ब्यस्त हुन थालेकी छिन् ।

श्रीमतीलाई छोडेर सासु टिपेर ज्वाई फरार
नेपालीमा छोरी भन्दा आमा तरुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन । कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन । ढुक्क हुनुहोस यो घटना नेपालको भने होईन ।

सासुले ज्वाई लिएर भागेको कुरा बेलायतको हो । ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनि संगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ति भएको महसुस गरिरहेकी छिन् । हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो, तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन ।

विवाह हुनुभन्दा अघि लिभिङ रिलेसमा रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरेका थिए । विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन् । तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाइ छोडेर हिडे । लरेनलाई पछि थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन ।

२००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुमधामसँग विवाह पनि गर्न भ्याए । पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन् । संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकि छिन । यी सब भएपछि लरेनले पनि दोस्रो विवाह गरेर सुखमय जीवन विताउदै आएकी छिन् ।