हेर्नुहोस् आजको मलेसियन रिंग्गेट देखि साउदी रियालसम्म मुद्रा बिक्री विनिमयदर !

जागृति खबर संवाददाता

२ भाद्र, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ४७५ रुपैयाँ र कुरीलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ७५ पैसा, ठूलो भारतीय नेपाली गोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ, घिउ सिमी राजमा १४६ रुपैयाँ ६७ पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३८० रुपैयाँ रहेको छ ।

त्यस्तै, झिगूनीको औसत मूल्य प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, तितो करेला ३५ रुपैयाँ, निबुवा ८५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ ६० पैसा, लोकल बन्दा ४५ रुपैयाँ रहेकाे छ ।

यसैगरी तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ, रायोको साग १५५ रुपैयाँ, लौका ४३ रुपैयाँ ३३ पैसा, शरीफा १९० रुपैया, नेपाली लसुन १२६ रुपैइाँ ६७ पैिसा, चाइनिज लसुन १६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ३२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २७५ रुपैयाँ रहेको छ ।