अघि भर्खरै बसेको बैठकले भोलि देशभरि सार्बजनिक बिदा दिने निर्णय

जागृति खबर संवाददाता

२ भाद्र, काठमाडौं ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ,संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ ।

परापूर्वकालदेखि नै दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताउनुभयो । अवसरमा नारायणस्थान मन्दिरमा धार्मिक अनुष्ठानसमेत हुने भएकाले बिदा दिने निर्णय गरेका हौँ उहाँले भन्नुभयो ।

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना
दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हँुदा २५ विद्यार्थी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।