जनकपुरकि निहारिका प्रकरण : आरोपी श्रेष्ठ धनुषाबाट पक्राउ

जागृति खबर संवाददाता

१ भाद्र, जनकपुर ।

प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ।

मंगलबार साँझ उनलाई धनुषा बजारबाट पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई साँझ करिब साढे ७ बजे पक्राउ गरिएको पुष्टि गरे।

‘निहारिका प्रकरणमा धनुषा प्रहरी टोलीले पक्राउ गरेको हो। अब आवश्यक अनुसन्धान पक्रिया अगाडि बढछ,’ अन्नपूर्णसँग उनले भने।

आफूमाथि ब लात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आएकी छन्। ब लात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन्।

हालै उनले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याएको थियो।

घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गरेकी थिइन्।

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।