मलेसियामा काभ्रे, महाभारत गाउँपालिकाका योन्जनकाे मृत्यु

जागृति खबर संवाददाता

३१ साउन, काठमाडौं ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका काभ्रेका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको महाभारत गाउँपालिका–१ गोकुले,धापका गंगालाल योन्जन रहेका छन्।

मलेसियाको पेनाङको झाई हाप हेंग ट्रेडिंग एसडीएन. बिएचडी. कम्पनीमा कार्यरत योन्जन राति सुतेकै ठाउँमा मृत्यु भेटिएको हो ।

अचानक मृत्यु भएकोले के कारणले कसरी मृत्यु भएको भन्ने बारे यकिन हुन नसकेको योन्जनका पारिवारिक स्रोतले जनाएको छ।

योन्जनका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ।

आठ वर्ष अगाडि योन्जन टाइसन मेनपावरबाट रोजगारीको सिलसिलामा मलेसिया गएको थिए।

वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव
वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उहाँले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याइने खालका काम र योजना अघि सारिने बताउनुभयो । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उहाँको भनाइ थियो ।

यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका कर्मचारीसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताउनुभयो ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआईए स्वीकृत

यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको छ ।

मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरु पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो ।