यस्ता कर्मचारीको भाग्य चम्कियो, सरकारबाट ५ लाख रुपैयाँसम्म पाउने !

जागृति खबर संवाददाता

३१ साउन, काठमाडौं ।

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई अध्ययनका लागि ५ लाख रुपैयाँसम्म खर्च उपलब्ध गराउने भएको छ ।

कर्मचारीका सन्ततिलाई शैक्षिक योग्यताको आधारमा २० लाख रुपैयाँसम्म लाग्नेछ भने शैक्षिक योग्यताको आधारमा शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकअन्तर्गत ५ लाख रुपैयाँसम्म खर्च सरकारले दिने व्यवस्था बनाइएको हो ।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरेको हो ।

बहालवाला स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त कर्मचारीका सन्तानले शैक्षिक प्रोत्साहन वृत्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्षमा अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् ।
२० लाखसम्म पढाइ खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाखदेखि २० लाख सम्म खर्च लाग्नेमा ४ लाख १० देखि १५ लाखसम्म खर्च लाग्नेमा ३ लाख दिइनेछ ।

५ देखि १० लाख सम्म खर्च लाग्नेमा २ लाख खर्च र १ देखि ५ लाखसम्म पढाइ खर्च लाग्ने लाई १ लाख रुपैयाँ तथा लाखभन्दा कम खर्च शिक्षण शुल्कका आधारमा प्रोत्साहन स्वरूप रकम दिने व्यवस्था गरि एको छ ।

शैक्षिक प्रोत्साहन वृत्तिका लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्धारण गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरिने बताइ एको छ ।

शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्नेछ ।