मलेसिया इमिग्रेसन को यो वर्ष को सबै भन्दा ठूलो छापा काजाङ सहर

जागृति खबर संवाददाता

२५ साउन, काठमाडौं ।

मलेसियालि अध्यागमन बिभाग (इमिग्रेशन)ले मलेसियाको काजाङ भन्ने ठाउँमा छापामारी गरि अवैधानिक विदेशी श्रमिकहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने अबैधानिक नेपाल इण्डोनेसिया म्यानमार बंगलादेश इंडिया र श्रीलंका देश का हुन ।

आज बिहिवार बिहानको समयमा विदेशी श्रमिकहरु बस्ने होस्टेल र कम्पनीहरुमा इमिग्रेशनले छापामारीको क्रममा ४२५ जना विदेशी श्रमिकलाई चेकजाँच गर्ने क्रममा १७५ जना विदेशी संग वैधानिक कागजात नभएको अवैधानिकहरुलाई पक्राउ गरि जेल चलान गरिएको अध्यागमन बिभागले जनाएको छ।

पक्राउ परेका १७५ जना अवैधानिक मध्य १३२ जना पुरुष र ४१ जना महिला र दुईजना स्यानो बच्चासहित पक्राउ परेको बिभागले जनाएको हो ।

छापामारीको क्रममा अध्यागमन बिभाग मलेसियाका महानिर्देशक वाई.बी.एच.जी. दातो श्री खैरुल जैमी बिन दाउद पनि आफैं उपस्थित रहनुभएको थियो। पछिल्लो समय मलेसियामा अध्यागमनले अवैधानिक विदेशी कामदारहरुलाई पक्राउ,धरपकड गरि जेल चलान डिपोर्ट गर्ने कार्यलाई तीव्रता दिइएको पाइएको छ।

मलेसियाबाट फर्किसकेको भएमा

मलेसिया बाहिर भएका विदेशी कामदारले कालोसूचीमा परे/नपरेको जाँच गर्ने कुनै अनलाइन माध्यम छैन। पासपोर्टमा प्रतिबन्ध लागेको छ छैन भनेर मलेसियन अध्यागमन मार्फत नै जाँच्नुपर्ने हुन्छ। मलेसियाबाट फर्किसकेको भए नेपाल स्थित मलेसियन राजदूतावासमा जानुपर्छ। त्यहाँ पुगेर आफ्नो अध्यागमन स्थिति बारेमा सोधपुछ गर्न सक्नुहुन्छ।

यसका लागि तपाईँ आफै उपस्थित हुनुपर्छ।साथै पासपोर्ट वा मलेसियामा काम गर्दा भएको आइडी चाहिन्छ।मलेसियाको गोपनीयताको कानुन एकदम कडा हुने कारणले गर्दा विवरण आउन केही समय लाग्छ।

मलेसियामा साथीभाइ भएमा

तपाईँको कोही साथी मलेसियामा कार्यरत छन् भने उनलाई आफ्नो पासपोर्ट नम्बर वा आइडी नम्बर पठाएर पनि चेक गर्न लगाउन सक्नुहुन्छ। यसो गर्दा मलेसियाको अध्यागमन विभागमा नै जानुपर्छ।

के कस्तो प्रतिबन्ध लाग्न सक्छ?

निश्चित समयको लागि प्रतिबन्ध लाग्दा पासपोर्टमा प्रतिबन्ध लाग्ने अवधिको स्ट्याम्प सहित डिपोर्ट गरिन्छ।जस्तै Overstay गरेर कानुनी प्रक्रिया पुरा गरेर फर्किदा ३-५ वर्षको प्रतिबन्ध लाग्न सक्छ।सामान्य कारणले प्रतिबन्धमा पर्दा निश्चित अवधिको लागि प्रतिबन्ध लाग्छ।स्थायी रूपमा प्रतिबन्ध लागेको हो भने प्रतिबन्ध लागेको स्ट्याम्प मात्र पासपोर्टमा लाग्छ अवधि तोकिएको हुँदैन।

यदि कुनै अपराधमा संलग्न भएर कालोसूचीमा परेको हो भने स्थायी रूपमा प्रतिबन्ध लाग्छ। लागेको प्रतिबन्ध हटाउन मिल्छ?

एक पटक प्रतिबन्ध लागेपछि हटाउन निक्कै गाह्रो हुछ। प्राय: जसो अवस्थामा हट्दैन। कति दलालहरूले पैसा लिएर प्रतिबन्ध हटाउने भनेर ठग्न सक्छन्। यस्तोमा भ्रममा परेर ठगीमा नपर्नु होला।