पाेखरा।
मोडल तथा नायिका एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजाको चर्चा भने चल्यो ।
१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् ।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । एलिजा सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालिरहेकी छन् ।
अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो
बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ ।
बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो ।
टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः सँगै देख्न सकिन्थ्यो । सूत्रका अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले सिंगल छन् ।
ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो । उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् ।
अहिले टाइगर आफ्नो काममा फोकस छन् । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’ दिशा आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’मा देखिंदैछन् । टाइगर चाहिं ‘गणपत’ र ‘बागी ४’ मा देखिने भएका छन् ।
आलियाले भनिन- रणबीरले मेरो खुट्टा मालिस गर्दैनन्
बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो ।
उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् ।
कुराकानीको क्रममा आलिया भन्छिन्, ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन् ।
तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त ?’ भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन् । तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन् ।’
लण्डनबाट हालै फर्किइन् आलिया
आलियालाई ‘आमा सोनी राजदान र सासु आमा नितु कपुरले पनि विशेष तरिकाले ध्यान दिइरहनुभएको छ त ?’ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘म भर्खरै लण्डनबाट फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङ गरेर फर्किएको हुँ ।
त्यसैले उहाँहरुले त्यस्तो गर्ने अवसर नै पाउनुभएको छैन ।’
रणबीर र आलियाले यसै वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरुको उपस्थितिमा विवाह गरेका थिए । विवाह अघि यी दुई पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहे ।