आकस्मिक अवतरणलगत्तै पाइलटको मृ’त्यु, यात्रु सकुशल !

जागृति खबर संवाददाता

६ असार, काठमाडौं ।

एक विमानको आ’कस्मिक अवत’रणपछि विमान चालकको मृ’त्यु भएको छ। इन्डोनेसियाको चालकले उडानका क्रममा स्वास्थ्यमा सम’स्या आएको बताएपछि सिटीलिंक विमानलाई आक’स्मिक अवतरण गरेका पाइलटको मृ’त्यु भएको हो।

सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घट’नाको पुष्टि गर्दै भने, ‘पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार

बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए। उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा त्यहाँ निध’न भएको छ।’

उनको नि’धनको कारण खुल्न सकेको छैन। दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको थियो।

करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।मृ’तक चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी दिइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आक’स्मिक अवतरण गर्नु परेको का’रण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए। उक्त विमानको सम्पूर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटा’इएको थियो।

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनु भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।