दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

जागृति खबर संवाददाता

९ असार, काठमाडौं ।

सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर विद्युतीय स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

सुपर सोको स्कुटर शुरुमा कुनै डाउन पेमेन्टविनै किन्न सक्ने कम्पनीले जनाएको छ । यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर सोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यद्यपि डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । यो स्कुटरको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ । नेपाली बजारमा सुपर सोको ब्रान्डका विभिन्न मोडलका बाइक र स्कुटर उपलब्ध छन् ।

दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ?

जम्बो मोटर्सले दुई घण्टामा फुल चार्ज हुने ब्राभो ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ । चिनियाँ ब्राण्डको यो स्कुटरले फुल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

रेट्रो डिजाइनको यो स्कुटरमा तीन किलोवाटको मोटर जडान गरिएको यो स्कुटरमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ । यसमा २० एम्पियर ७२ भोल्ट तथा ४० एम्पियर ७२ भोल्टको ब्याट्री पाउन सकिने कम्पनीले जनाएको छ ।

स्कुटर फुल चार्जमा भेरियन्ट अनुसार १२० देखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीका निर्देशक विनोद न्यौपानेको दाबी छ । स्कुटरमा कि लेस स्टाट, टेलिस्कोपिक सस्पेन्सन, डिस्क ब्रेक, बाइडर टायर, टीएफटी डिस्प्ले, एलइडी लाइट्सलगायतका विशेषता छन् ।

हाल टेस्ट ड्राइभका लागि राखिएको यो स्कुटरको केही समयमै बिक्री सुरु गरिने न्यौपानेले जानकारी दिए।