क्वालालम्पुर :
मलेसिया सरकारले अब सरकारले तोकेको न्युनतम तलब नदिने कम्पनीलाई कारबाही गर्न सुरु गरेको छ । मलेसिया सरकारले तोकेको न्युनतम तलब 15 सय नदिने काम्पनिलाई छापा हानेर कारबाही अगाडि बढाएको छ ।
मलेसिया सरकारले मे 1 तारिक देखि लागू हुने गरेर मलेसियामा सबै कम्पनीमा न्युनतम तलब 15 सय दिनै पर्ने नियम लगाएको थियो । सो संगै मलेसियामा सरकारले तोकेको बेसिक तलब नदिने कम्पनीमा छापा हान्ने, कारबाही गर्ने कामलाई अगाडी बढाएको छ ।
मलेसिया सरकारले दैनिक रुपमा छापा हानेर अनुगमन गर्दै आएको छ भने न्युनतम तलब नदिने कम्पनीलाई कारबाही गर्दै आएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ ।
सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १५ सय पुराएको छ ।
मलेसिया हुनेलाई खुसीको खबर, वर्किङ भिसामा सिंगापुर जान पाइने..
मलेसियामा रहेका नेपालीहरूको लागि यो खनर खुसिको हुन सक्छ । यदि तपाईं मलेसियामा कार्यरत हुनुहुन्छ भने यो तपाइको लागि अवसर हो ।
यदि तपाई मलेसियामा हुनुहुन्छ र मलेसियाबाट नै सिंगापुर रोजगारमा वर्किङ भिसामा काम गर्न जान चाहनुहुन्छ भने त्यो सम्भव छ , त्योपनी सजिलै ।
मलेसियामा कामदार भिसामा रहेका नेपालीहरुलाई सिंगापुरमा वर्किङ भिसाको अप्लाइ गर्न सहज र कम खर्चमा हुने बताइएको छ ।
तर यो प्रक्रिया र लागत भने सम्बन्धीत एजेन्सी वा सम्बन्धित निकायमा अनुमती प्राप्त निकायबाट मात्रै प्रक्रियाको थालनी गर्न सल्लाह दिन्छौ ।
सिंगापुरमा नेपालीहरूको लागि पानीजहाज, योग्य भएको अवस्थामा सिंगापुर पोलिस वा अन्य फ्याक्ट्री वर्करको रुपमा काम पाउन सकिन्छ ।
कति हुन्छ तलब ?
सिंगापुरमा काम गर्न जान पाउनु धेरैको सपना हो ।राम्रो तलब, राम्रो सेवा सुबिधा, इज्जत र घर फर्किदा दिइने सुबिधा समेत राम्रो छ ।
सरदर नेपालीले सिंगापुरमा २ लाख रुपैयाँ मासिक कमाउने गर्छन् । कामको प्राकृति हेरि धेरै तथा थोरै हुन सक्नेछ ।
कसरी जाने ?
सिंगापुर जान नेपालबाट सहज छैन,धेरै कम मात्रामा बिज्ञापन खुल्छ त्यसैमा लागत १०-१२ लाख भन्दा बढी लैजाने गर्छन् ।
त्यसैले धेरै नेपालीहरु मलेसियामा कामदार भिसामा जाने र त्यहाका एजेन्ट वा मेनपावर एजेन्सीहरु संगको सहकार्यमा सिंगापुर जाने गर्छन् ।
यसरि जादा त्यहाँका मेनपावर एजेन्सीहरुले करिब 5 हजार रिङ्गेट सम्म लैजाने बुझिएको छ ।
तर यो सुचनाको आधारमै अनाहकमा पैसा कसैलाई पनि नतिर्न र राम्रो संग नबुझेसम्म कसैलाई पैसा नबुझाउनु होन अनुरोध गर्दछौं ।