मलेसियामा नेपाली सेक्युरिटी गार्डको तलब ३ हजार रिंगेट, हेर्नुस् कहिलेबाट ..?

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

मलेसिया नेपालीहरू ठूलो संख्यामा सुरक्षागार्डमा कार्यरत रहेका छन् , मलेसियामा कार्यरत नेपालीकोहरुको तलब मलेसियन रिंगेट ३ हजार हुनुपर्ने बताइएको छ ।

मलेसियाको पुत्रजयामा रहेको गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल- मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो ।
मलेसियाको पुत्रजयामा रहेको गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल- मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो ।
श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगिट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो ।

नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो ।

नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरु छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।

छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो ।

यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाण्डौमा गर्ने सहमति पनि भएको छ ।

मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियाको सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।