एक पैसा खर्च नहुने मलेसिया रोजगार, बेसिक तलब १५ सय RM + OT (सम्पर्क नम्बर सहित)

जागृति खबर संवाददाता

काठमाडौं :

मलेसिया शुन्य लागतमा जानको लागि डिमाण्डको खोजीमा रहेकाहरुलाई यो अवसर हुन सक्छ।

नेपालीको लागी यो डिमाण्डमा मलेसिया जान पूर्ण रुपमा खर्च तिर्न पर्दैन । मासिक तलव रु ४२,२२५ हुने साथै ओभर टाइमको सुविधा हुनेछ्भने माग संख्या १५० जना ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारी तलको दिइएको मेनपावर कम्पनीको डिटेलमा थाहा पाउन सकिन्छ वा तल राखिएको बिज्ञापनमा थाहा पाउन सकिन्छ ।

जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन

Titanic Manpower Supplier Pvt. Ltd– +9771-4953252, 01-4946659 License No: 285/058/059

ऐनको मर्मविपरीत नियमावली भएको व्यवसायीको आरोप
तत्कालीन समयमा वैदेशिक रोजगार ऐनमा गरिएको व्यवस्थालाई नियमावलीमा गलत व्याख्या गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आरोप लगाएको छ । संघका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई नै नकारात्मक असर पर्ने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

०७५ फागुन १९ गते नेपाल ऐन संशोधनमार्फत वैदेशिक रोजगार ऐन पनि संशोधन गरिएको थियो । ऐन (संशोधित)को दफा १३ (घ२) को व्यवस्थाअनुसार लगातार दुई आर्थिक वर्षसम्म वार्षिक सयजना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको लाइसेन्स रद्द गर्न सक्ने व्यवस्था गरिएको छ । सो ऐनअनुसार सरकारले ०७६ भदौ १ मा वैदेशिक रोजगार नियमावली जारी गर्‍यो । नियमावलीमा अघिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा सयजना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात पेस नगरेमा लाइसेन्स नवीकरण नहुने प्रावधान राखिएको छ ।

ऐनले विगत दुई वर्षमध्ये कुनै एक वर्ष कामदार नपठाएमा लाइसेन्स रद्द गर्न सकिने भन्ने आशयको व्यवस्था गरेको थियो । तर, सरकारले भने लगातार दुवै वर्ष सयजना भनी व्याख्या गरेको संघले आरोप लगाएको छ । संघका अनुसार यो व्यवस्था अन्तर्राष्ट्रिय नियमविपरीत हो । सरकारले गरेको सो व्यवस्थाको व्यवसायीहरूले विरोध गरिरहेका छन् ।

त्यस्तै, सरकारले ऐन संशोधन गर्दै म्यानपावर व्यवसायीलाई धरौटीको व्यवस्थासमेत गरेको थियो । वर्षमा एकदेखि तीन हजारजना कामदारलाई रोजगारीमा पठाउने कम्पनीलाई दुई करोड रुपैयाँ धरौटी राख्नुपर्नेे व्यवस्था गरेको थियो । जसमध्ये ५० हजार रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान राखेको थियो ।

त्यस्तै, वार्षिक तीनदेखि पाँच हजार कामदार पठाउने म्यानपावर व्यवसायीको हकमा चार करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो । जसमध्ये एक करोड रुपैयाँ नगद र तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ । वर्षमा पाँच हजारभन्दा बढी कामदार रोजगारीमा पठाउने व्यवसायीले भने ६ करोड रुपैयाँ धरौटी राख्नुपर्नेछ । जसमध्ये दुई करोड रुपैयाँ नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ ।

हाल नेपालमा आठ सय ५३ म्यानपावर कम्पनी सञ्चालित छन् । यसअघि तीन सय ९२ कम्पनी मर्जरमा गएका थिए भने तीन सय १९ कम्पनीले वैदेशिक रोजगार विभागले तोकेको पुँजी कायम गर्न नसक्दा बन्द भए ।