मलेसियाको SAMSUNG कम्पनीले माग्यो २०० कामदार,अन्तर्वार्ता असार ४- १८ सम्म

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेसियामा २०० जना नेपाली कामदारको माग सहित Samsung SDI energy कम्पनीमा रोजगारीको अवसर आएको छ ।

मलेसियामा २०० जना माग सहित Samsung SDI energy कम्पनीमा रोजगारीको अवसर मासिक तलब ४२,७५५ हुने साथै ओवरटाइमको पनि सुविध हुने बताइएको छ ।

राम्रो सेवा सुबिधा रहने यस कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत रहेका छन् । यो डिमाण्डबारे सम्पूर्ण जानकारी तलको दिइएको मेनपावर कम्पनीको डिटेलमा थाहा पाउन सकिन्छ वा तल राखिएको बिज्ञापनमा थाहा पाउन सकिन्छ ।

जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।

-हेर्नुस् बिज्ञापन

मलेसियाको सामाजिक कार्यक्रमअनुसार मृत्यु भएका श्रमिकको परिवारले आजीवनरुपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम दिने व्यवस्था गरेको छ ।

यो व्यवस्था लागू भएपछि कति नेपालीले आजीवन भत्ता पाएको संख्या भने खुलेको छैन । मलेसियामा वार्षिकरुपमा करिब ४ सय नेपालीको मृत्यु हुने गरेको छ ।

क्वलालम्पुरस्थित नेपाली दूतावासका अनुसार मृतकका पत्नी वा पति नभएमा मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म दैनिक तलबको ४० प्रतिशत रकम पाउने व्यवस्था छ । ‘आमाबाबुको दुवैको मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशत नै पाउनेछ । यदि श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलब दरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ,’ दूतावासले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परी स्थायीरुपमा आयआर्जन गर्न असक्षम भएमा श्रमिकले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त हुनेछ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाले भने आयआर्जन तोकिएका सर्तका अधिनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ ।अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरु हुन् ।

मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । १ जनवरी २०२० देखि सबै रोजगारदाताले अनिवार्यरुपमा सोस्कोमा आबद्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था छ ।