भारतमा जोडदार भूकम्पको धक्का

जागृति खबर संवाददाता

३० जेठ, काठमाडौं ।

भारतमा जोडदार भूकम्प गएको छ ।

सोमबार बिहान तिब्बतदेखि मेघालयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतको शिजाङ क्षेत्रमा स्थानीय समयानुसार बिहान ४ बजे जमिन हल्लिएको हो ।

त्यसको तीव्रता ४.२ रेक्टर स्कलेमा मापन गरिएको छ ।

मेघालयमा बिहान ६ः३० बजे ४ म्याग्निच्युडको भूकम्प गएको थियो, त्यसको केन्द्रविन्दु तुरामा ४३ किलोमिटर उत्तरपूर्वमा थियो । हाल दुबै स्थानमा जनधनको क्षतिको कुनै खबर आएको छैन ।

चीनमा राष्ट्रिय उर्जा वचत सप्ताह
चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।

राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ ।

कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ । चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ ।

सप्ताहको क्रममा उर्जा सम्वन्धी प्रदर्शनी र नयाँ नयाँ प्रविधि तथा उपायहरुका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ । जुन १३ देखि सुरु भएको उर्जा वचन सप्ताह जुन १९ सम्म चल्ने छ । चीनमा सन् १९९१ देखि हरेक बर्ष उर्जा सप्ताह हुने गरेको छ ।