२७ जेठ, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती देखी १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमले जनाएको छ ।
संसदीय चुनावमा रबि लामिछाने उठ्न लागेका हुन् ? चुनाव लड्ने विषयमा यसो भन्छन् रवि : बालेन शाहले काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेद्धारको रुपमा उठेर मेयर जिते पछि अहिले सबै चुनावी मैदानमा उत्रन तयार देखिएका छन् । अब हुन लागेको प्रतिनिधिसभाको चुनावमा केही प्रतिष्ठित र चर्चित ब्यक्तिहरुले उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् ।
यसरी चुनावी मैदानमा उत्रने लिस्टमा बिबेकशील पार्टीका नेता पुकार बम, मुकुन्द घिमिरे, रञ्जु दर्शना, मानुषी भट्टराई, सुमन सायमी लगायतले स्वतन्त्र उम्मेद्धारी दिने बताईरहदा अब यो लिस्टमा चर्चित तथा लोकप्रिय संचारकर्मी रबि लामिछाने पनि परेका छन् । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्दै केही अनलाइनले समाचार छापेका छन् ।
हालै यस बिषयमा रबिले पनि सार्वजनिक रुपमा अभिब्यक्ति नदिए पनि आफु संसदीय चुनावमा उम्मेद्धारको रुपमा उठ्नका लागि छलफलमा रहेको बताएका छन् । उनलाई बिभिन्न क्षेत्र बाट संसदीय निर्वाचनमा उठ्न सुझाव आईरहेकोले यता तिर आफ्नो ध्यान खिचिएको उनले बताएका छन् ।
उनले अहिले चुनाव लड्ने नलड्ने भन्ने बिषयमा केही टुंगो नलागेको भन्दै यदि टुंगो लागे आफैले जानकारी दिने समेत बताएका छन् । तर उनले बाहिर आए जस्तो चुनावमा उठिहाल्ने घोषणा नगरेको बताए । आफुलाई ठुलै दलका शीर्ष नेताहरुले समेत अफर गरिरहेको भन्दै बरु आफु चाँहि निर्णयमा पुग्न नसकेको बताएका छन् ।