प्रचण्डकै कारण मेयर बन्न सफल भएको हु: बालेन शाह

जागृति खबर संवाददाता

१२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर राजनीतिक रुपमा चर्चामा अएका ¥यापर एवं इन्जिनियर बालेन साह (बालेन्द्र)को पृष्ठमूमि राजनीतिक भएको खुलेको छ ।

साह इन्जिनियरिङ अध्ययनका शिलसिलामा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा कार्यरत रहेको खुलेको हो ।

बालेन २०६६ सालमा अखिल क्रन्तिकारी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हवाइटहाउस इन्जिनियरिङ क्याम्पस इकाइका सदस्य थिए ।

केही वर्ष (क्रान्तिकारी)मा सक्रिय साह इन्जिजियरिङ अध्ययन सकिएपछि भने राजनीतिकभन्दा सामाजिक गतिविधिमा केन्द्रित हुन थालेका थिए ।

प्रचण्ड र माओवादीले गर्दा हामी स्वतन्त्र रुपमा बाँच्न पाएका छौँ – गायक राजेश पायल

चर्चित गायक राजेशपायल राईले संसारभरि छरिएर नेपालीहरुले आफूलाई मन पराउने बताएका छन् । उनले आफू विदेश गएपछि लोकगीत गाउन मन पराउने पनि खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् ।

उनले देशले आवश्यक ठान्यो भने आफू राजनीतिमार्फत योगदान पुर्याउन तयार रहेको सुनाए । उनले आफ्नो घरपरिवारका सदस्यहरु सबै पार्टीमा आवद्ध रहेको पनि जानकारी दिए ।

उनले आफू भने राजनीतिमा आउने सोचमा नरहेको जिकिर गरे । कुन पार्टीमा जाने ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले अहिले केही खुलासा गरेनन् । तर, देश विकास र जनताको भलो गर्नु नै राजनीति भएको सुनाए ।

एक प्रंगमा उनले माओवादीलाई इंकिद गर्दै नेपालीको अधिकार प्राप्त गर्न सबैभन्दा ठूलो भुमिका खेलेको पाटी सबैले बुझेको बताए ।

माओवादी आन्दोलनका २३३ प्रमुख उपलब्धीहरू (पूर्णपाठ)

माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्‍यो। यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो। संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ। स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहमा सरकार बने। दशकौंपछि जनताले आफ्ना जनप्रतिनिधि पाए।

सरकार खोज्दै दूरदराजका जनतालाई काठमाडौंको सिंहदरबार धाउनुपर्ने अवस्था छैन। केही विकृति देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय तह छन्। पिछडिएको क्षेत्र, महिला, दलितको प्रतिनिधित्व बढेको छ। सडक, स्वास्थ्य, शिक्षा, बिजुलीलगायत जनताका आधारभूत आवश्यकता पूरा हुँदै छन्। २०६५ मा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपश्चात् सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो। २०६४ यता माओवादीको नेतृत्वमा ३ वटा सरकार बने, अरू संयुक्त सरकारमा माओवादीका मन्त्रीहरूले नतिजामुखी काम गरे।

संघीयतापूर्वका राजनीतिक एवं प्रशासनिक संरचनाहरू निकायहरू थिए, तह थिएनन्। निकायहरू आफै स्वायत्त हुँदैनन्, तिनीहरू माथिल्लो संरचनाको अधिनस्थ हुन्छ। एक प्रकारले भन्दा ती संरचनाहरू प्रशासनिक कामलाई सहज तुल्याउन खडा गरिएका मेसिनरी नै थिए। न तिनीहरू जनसेवा, विकास निर्माण र आर्थिक समृद्धिको आकांक्षा थियो, न अधिकार नै। यस अर्थमा संघीयताअघि बडा गरिएका संरचनाहरूले आर्थिक भार मात्र थोपर्थे, परिणाम दिँदैनथे।

अहिले परिस्थिति फेरिएको छ। मुलुक एकात्मक प्रणालीबाट संघीयतामा गएपछि भौतिक एवं मानवीय विकास क्षेत्रमा गुणात्मक परिवर्तन आएको छ। एकाध भ्रष्टाचार, कमिसनखोर र अख्तियारको दुरुपयोगबाहेक स्थानीय तहका जनप्रतिनिधिहरू जनताको घरदैलोमा छन्। उनीहरूले कृषि, घरेलु उद्योग, स्वरोजगार, सीपमूलक तालिम, आयआर्जनका कार्यक्रममा जनतालाई प्रत्यक्ष सेवा दिइरहेका छन्। यदि माओवादीले संघीयताको मुद्दालाई दह्रोसँग नबोकेको भए मुलुकमा यस्तो परिवर्तन हुँदैन थियो। यस अर्थमा जो जुनसुकै पार्टीबाट निर्वाचित भए पनि त्यसको श्रेय माओवादी केन्द्र र माओवादी आन्दोलनलाई जान्छ।