अन्ततः नैतिकताको आधारमा नेकपा एमालेका अध्यक्षले दिए राजिनामा !

जागृति खबर संवाददाता

१२ जेठ, काठमाडौं ।

नेकपा एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।

सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिकरुपमा पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

लम्सालले सामजिक सञ्जालमा पाँच बुँदे कारण उल्लेख गरेर नैतिकताको आधारमा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने उल्लेख गरेका छन्।

लम्सालको पाँच बुँदे धारणा:

१. विगत २०४८ सालदेखि अहिलेसम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकीय क्षेत्रमा निश्चित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्नसक्ने नयाँलाई आउनै नदिने, अवसरहरू हस्तान्तरण गर्नैपरे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने, त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

२. हुर्मत लिएका सिपाहीले युद्ध जित्दैन भनेझैं पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी विधान पद्दतिविपरीत प्रतिनिधिहरुको अधिकारलाई पूर्णरूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भयो ।

जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको छ, मनोबल गिराइयो, कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका, मनोबल गिराइएको र गुटबन्दीमा विभाजित गराइएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।

३. पार्टीको तर्फबाट उम्मेदवारी तय गर्न बनाइएको मापदण्ड र कार्यविधिभन्दा केही निश्चित नेताले गुटको आधारमा र अधिवेशनमा प्रभाव पार्न अग्रिम आश्वासन दिएकालाई प्राथमिकता दिइ टिकट वितरण गरेको कारण कार्यकर्ताले उम्मेदवारीको अपनत्व गर्ने अवस्था नभएको देखियो ।

४. प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री र जिल्ला प्रमुखहरुले मकवानपुर जिल्लामा धेरै बजेट वितरण गरेको भनिएको हुँदा वितरण गरेको बजेट पार्टीको समन्वयनमा भन्दा व्यक्तिगत आधारमा भएकोले समुदायले महसुस नगरेकोले अपनत्व गरेन। त्यसै गरी पार्टीको जानकारीमा नभइ व्यक्तिगत आधारमा विवादास्पद कमजोर कार्य क्षमता भएकालाई राजनैतिक नियुक्ति र राजकीय सेवामा राखेकोले कार्य सम्पादन कमी हुनुका साथै विवादित भएको हुँदा कार्यकर्ता र जनतामा नकारात्मक असर पर्न गयो ।

५. तलका कमिटीगत सुझावलाई मनन् गरी कार्य गर्नुभन्दा पर्यटक नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै माथिबाट निर्देशन मात्र जारी गर्ने, असन्तुष्ट कार्यकर्तालाई चित्त बुझाएर परिचालन नगरी बेवास्ता गरी खल्तीको गुमाउँदै भुइँको टिप्ने कार्यशैली अपनाइयो।

माथिका यी घटनाहरू लाई आधार मानेर त्यससँग जोडिएका वर्तमान जिल्ला नेतृत्व र माथिल्लो नेतृत्वले जिम्मेवारी लिइ पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । साथै पूर्व जिल्ला नेतृत्व र पूर्व केन्द्रीय सदस्यले पनि जिम्मेवारी लिनुपर्छ । हिजो गरेको कमीकमजोरी, गुटबन्दी स्वीकार गर्दै अब जिल्लाको पार्टी काममा अनावश्यक गुटगत हस्तक्षेप बन्द गर्नुपर्दछ।

पार्टीलाई पुनःव्यवस्थित गर्नका लागि मेरो सुझावसम्म हो, स्वीकार गर्ने–नगर्ने नैतिक जिम्मेवारी लिने नलिने नेतृत्वको जिम्मा लगाउँदै म पनि जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउनु नसकेकोले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।

यो पनि हेर्नुहोस,

भत्किए कांग्रेस–एमालेका ‘किल्ला’ यस निर्वाचनबाट बालेन साह, गोपी हमाल, हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवार मात्रै उदाएनन्, प्रमुख दलका गढ पनि ढलेका छन् ०५४ को स्थानीय निर्वाचनदेखिको गढ बुटवल पनि एमालेले जोगाउन सकेन महाकालीपारिको दोधारा–चाँदनीमा ३० वर्षपछि एमालेले झन्डा गाड्यो

ओलीको गृहनगरमै जोगिएन एमालेको तीन दशक पुरानो बिरासत स्याङ्जाको वालिङ नगरपालिमा एमालेले भत्कायो कांग्रेसको गढ बाँकेको कोहलपुरमा ०५१ देखिको एमाले शक्ति कांग्रेस एक्लैसँग हार्‍यो नुवाकोटको विदुरमा पनि ढल्यो एमालेको तीन दशकदेखिको किल्ला

ठूला महानगरसहित केही तहबाहेक सबैजसो स्थानीय तहको अन्तिम नतिजा आएको छ । यस निर्वाचनबाट काठमाडौंमा बालेन साह, धनगढीमा गोपी हमाल, धरानमा हर्क साम्पाङ राईजस्ता स्वतन्त्र उम्मेदवार मात्रै उदाएनन्, प्रमुख दलका गढ पनि ढलेका छन् ।

०७४ को निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमाले फराकिलो अन्तरसहित दोस्रोमा खुम्चिएको छ, सँगै ०४९–०५४ देखि एकछत्र जित्दै आएका ‘गढ’ समेत गुमाएको छ ।

यद्यपि, पाँचदलीय सत्तागठबन्धनसँग लगभग एक्लै भिडेको एमालेले कांग्रेसका केही ‘किल्ला’ पनि भत्काएको छ । सबै महानगरपालिका र उपमहानगरपालिका तथा केही नगरपालिका र गाउँपालिकामा सत्तारूढ पाँच दलले गठबन्धन बनाएर एमालेविरुद्ध उम्मेदवारी दिएका थिए ।

तर, दलहरूभित्रको आन्तरिक असन्तुष्टि र बागी उम्मेदवारका कारण गठबन्धनका शीर्ष नेताले सोचेजस्तो कार्यान्वयन भएन । तालमेल आंशिक कार्यान्वयन हुँदा पनि एमालेले भने ठूलो क्षति व्यहोर्नुपरेको छ ।

एमालेले गुमायो ३० वर्षदेखिको ‘किल्ला’ हेटौँडा

एमाले गढ भत्काएपछि हेटौँडामा निस्किएको पाँचदलीय गठबन्धनको विजयी र्‍याली

०४९ देखि ०७४ सम्म कांग्रेस एक्लै वा गठबन्धन बनाएर चुनाव लड्दा पनि हेटौँडामा एमालेलाई हल्लाउन सकेको थिएन । तर, ३० वर्षपछि यसपालि एमालेले हेटौँडा उपमहानगरको नेतृत्व गुमाएको छ ।

एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी पार्टी जसलाई एमाले अध्यक्ष केपी ओलीले चानचुने आँटेका थिए, उही दलको उम्मेदवारले एमाले ‘गढ’मा झन्डा गाडेकी छिन् । कांग्रेस र माओवादीको साथ पाएकी एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले एमालेका अनन्तप्रसाद पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश बानियाँले एमालेकै सुमित्रा काफ्लेलाई आठ हजार ६ सय ८४ मतान्तरले हराए । ३० वर्षदेखि यहाँ एमालेले नै मेयर र उपमेयर जित्दै आएको थियो ।

०४९ को स्थानीय निर्वाचनमा तत्कालीन हेटौँडा नगरपालिका छँदा एमाले र कांग्रेस एक्लाएक्लै चुनावी मैदानमा थिए । एमालेबाट मेयरका उम्मेदवार डोरमणि पौडेल र उपमेयरका उम्मेदवार हरिबहादुर महतसँग भिडाउन कांग्रेसले क्रमशः ईश्वर अधिकारी र इन्द्रबहादुर श्रेष्ठलाई मैदानमा उतारेको थियो । तर, एमालेकै उम्मेदवार विजयी भए ।

एमालेलाई ठेगान लगाउन कांग्रेसले ०५४ मा राप्रपासँग गठबन्धन गर्‍यो । राप्रपाका दीपकबहादुर सिंहलाई मेयरमा उठाएर आफ्ना नेता शम्भु भट्टराईलाई उपमेयरको उम्मेदवार बनाएको कांग्रेस फेरि असफल भयो । एमालेबाट ०४९ मै निर्वाचित पौडेल र महत दोस्रो कार्यकालका लागि हेटौँडाको नेतृत्वमा आए ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादीसँग मिलेर एमालेसँग भिड्न उत्रियो । त्यतिवेला हेटौँडा उपमहानगरपालिका बनिसकेको थियो । कांग्रेस आफ्ना नेता आनन्दराम पराजुलीलाई मेयर र माओवादीका बलराम बललाई उपमेयरको उम्मेदवार बनाएर निर्वाचनमा होमियो ।

तर, उनीहरू एमालेका उम्मेदवार क्रमशः हरिबहादुर महत र मीनाकुमारी लामासँग पराजित भए । महत त्यसअघि दुई कार्यकाल उपमेयर बनिसकेका थिए । लामा व्यक्तिगत रूपमा हेटौँडामा राम्रो छवि बनाएकी नेतृ थिइन् ।

एमाले फुट्दा एकीकृत समाजवादीतिर लागेकी उनै लामालाई गठबन्धनबाट उम्मेदवार बनाएर कांग्रेस यसपालि एमालेको ‘गढ’ भत्काउन सफल भएको छ । लामाले हेटौँडाको पहिलो महिला मेयरको इतिहास पनि बनाएकी छिन् । उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएकाले कांग्रेस पनि हेटौँडाको नेतृत्वमा पुगेको छ ।