काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी

जागृति खबर संवाददाता

१० जेठ, काठमाडौं ।

काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी हुनुभएको छ ।

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी हुनुभएको छ ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ ।

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ
सरकाले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गरिने भएको छ ।

यस अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार गर्न नीजि क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानालाई सहयोग गरिनेछ ।

औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति लिइने भएको छ । अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दै सूचना प्राप्त गर्न विज्ञ सम्मिलित मार्केट एण्ड टे«ड इन्टेलीजेन्सको उपयोग गरिने भएको छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृङ्खलामा जोड्न ‘फार्म टु इन्डस्ट्री’ एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गरिने आज सम्बोधन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित रुपमा सहज तथा लागतप्रभावी बनाइनेछ ।