चुनाव जितेपछि रेनु दाहालले गरिन् यस्ताे बाचा !

जागृति खबर संवाददाता

१० जेठ, काठमाडौं ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो ।

स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।”

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा

महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो ।

निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।”

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।”

शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो ।

गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छाँै ।”

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो ।

कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ । यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत,

खानीखोला, भ्ुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।

एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ ।

वडागत हिसाबमा भने पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ । जिल्लाको १३५ वटा वडामध्ये कांग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ

भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ ।समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ ।