एमाले फुट्याे, पार्टीले चुनाव हारेपछी भिम रावलसहित २१ सांसदले गरे ठुलाे आँट

जागृति खबर संवाददाता

१० जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् ।

१५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो ।

समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिरहेका हुन् ।

समूहगत छलफल गर्न १० समूह बनाइएको थियो । तर १० समूहकै टोली नेता अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु मात्रै बनेका छन् ।

१० बुँदे सहमति गरी एमालेमै बसेका कोही पनि समूह नेतामा चयन हुन सकेनन् ।

प्रदेशअनुसार, बनाइएको टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की,

प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना,

कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागबाट खगराज अधिकारी छन् ।

यी सबै नेता अध्यक्ष ओली निकट हुन् । ‘यो संयोग मात्रै हो । यसै गरौं भनेर भएको होइन’, एक नेताले भने ।

२ भदौमा माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ५७ नेता १० बुँदे सहमति गरी एमालेमा बसेका थिए ।

स्रोतका अनुसार भीम रावलसहित १० नेताहरु नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेका छन्।

माधव नेपालको साथ छाडेका यी नेताहरुलाई एमालेमा अपमान गरेपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने तयारी भएको स्रोतले बतायो।

स्रोतका अनुसार एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल,

घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत एमाले छाड्ने पक्का भएको छ ।

नेकपा (एमाले)ले गठन गरेको कार्यदलको बैठक बस्दै छ ।

दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै एमाले उपाध्यक्ष डा.भीम रावलको संयोजकत्वमा सोमबार कार्यदल गठन गरेको थियो ।

कार्यदलका संयोजक रावलले मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यदलको बैठक बोलाएका हुन् ।

असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका थिए ।

सोमबार बसेको स्थायी कमिटी बैठकले यसअघि नै बनेको कार्यदललाई थप जिम्मेवारी तोक्दै विस्तार गरेको थियो ।

सोमबारको बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेलाई पनि समावेश गरेर विस्तार गरेको हो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।

पर्यटक बने रारामा शिक्षक, महत्वपूर्ण छ, पढ्नुस ।

बालबालिकामा अंग्रेजी सिक्ने चाहना भए पनि राम्रोसँग पढाउन सक्ने शिक्षक नभएको सुनेपछि अमेरिकी नागरिक इलाइहुँ डेल मुगुमै बस्ने निर्णयमा पुगे

मुगु — रारा घुम्न आएका बेला एक जना विदेशी श्रीनगरस्थित नेपाल राष्ट्रिय मीन आधारभूत विद्यालयमा पसे । दुई वर्ष भयो, अमेरिकाको ओरेगन राज्यका ४१ वर्षीय इलाइहुँ डेललाई विद्यार्थीको मायाले तानिरहेको छ ।

छायानाथ रारा नगरपालिकामा रहेको विद्यालयमा उनले हाल निःशुल्क पढाइरहेका छन् ।

कक्षामा पढाउने काम त छँदै छ, कक्षा नचलेका बेला उनी घर दैलोमै पुगेर बालबालिकालाई अंग्रेजी सिकाउँछन् । आठ वर्षअघि नेपाल पसेका उनी जन्मथलो फर्किएका छैनन् ।

त्यसयता डेलले चार वर्ष काठमाडौंमा बिताए भने दुई वर्ष जुम्लामा । रारा घुम्न आएका बेला विद्यालयमा पसेर उनले बालबालिकासँग कुराकानी गरेका थिए ।

उनीहरूले अंग्रेजी सिक्ने चाहना भए पनि राम्रोसँग पढाउन सक्ने शिक्षक नभएको बताएपछि डेल मुगुमै बस्ने निर्णयमा पुगेका हुन् ।

अंग्रेजी, नेपाली र तिब्बती भाषा बोल्न र लेख्न सक्ने डेलकै कारण विद्यार्थीमा अंग्रेजीको सिकाइस्तर सुध्रँदै गएको छ ।

विपन्न बालबालिकालाई उनी बेलाबेलामा आफ्नै खर्चमा कापी, कलमलगायत शैक्षिक सामग्री पनि वितरण गर्छन् ।

आइतबार दिउँसो खाजा समयमा पनि उनले कक्षा ७ का केही विद्यार्थीलाई सिकाइरहेका थिए । अनुशासन र नैतिक शिक्षा पनि सिकाउने डेलकै प्रेरणाका कारण बालबालिकाले पढाइमा बढी ध्यान दिन थालेका अभिभावकको भनाइ छ ।

उहाँको प्रेरणाले हाम्रा छोराछोरीले घरमा पनि नियमित पढ्न थालेका छन्, अभिभावक कमल मल्लले भने, घरमा आएका बेला हामीलाई पनि नैतिक शिक्षा, अनुशासन, सरसफाइ, व्यावसायिक कृषिलगायत कुरा सिकाउनुहुन्छ ।

विदेशी शिक्षकले पढाउन थालेदेखि विद्यार्थी पनि दंग छन् । अरू सरहरूले भन्दा उहाँले बुझाएर पढाउनुहुन्छ, कक्षा ७ की छात्रा रुविना मल्लले भनिन्, नबुझेका कुरा सोध्दा हाँसीहाँसी सिकाउने भएकाले हामीले असल शिक्षक पाएका छौं ।

डेलले अहिले ५, ६, ७ र ८ का विद्यार्थीलाई अनिवार्य अंग्रेजी पढाइरहेका छन् । ७ कक्षाका छात्र जगत् परियारले भने, हाम्रो अक्षर पनि अहिले राम्रा भएका छन् । पढाएका पाठहरू खर्रर पढ्न सक्ने भएका छौं ।

विदेशी स्वयंसेवी आएर प्रभावकारी तरिकाले पढाइदिँदा विद्यालयको छवि नै माथि उठेको प्रधानाध्यापक रामप्रसाद सेजुवालले बताए । विद्यार्थी संख्या बढ्दै छ ।

उहाँको मिहिनेतले विद्यार्थीमा अंग्रेजीको सिकाइ, बोलाइ र लेखाइमा सुधार आएको छ, सेजुवालले भने, अहिले विद्यार्थीहरू हामीसँग पनि अंग्रेजीमा कुरा गर्न थालेका छन् । पढाउने शैली फरक भएका कारण पनि विद्यार्थी डेलको कक्षामा आकर्षित हुने गरेका उनको भनाइ छ ।

डेलले २०२० जुलाई ८ देखि श्रम मन्त्रालयको स्वीकृति लिएर मुगुमा पढाउन थालेका हुन् । विद्यार्थी तेज भए पनि अंग्रेजी विषयको सिकाइ कमजोर भएको बुझेर आफू स्वयंसेवी शिक्षक बनेर बसेको उनले बताए ।

विद्यार्थीको क्षमता देखेर मैले निःशुल्क पढाउने निर्णय गरेको हुँ, उनले भने, यहाँका विद्यार्थीको दिमाग तेज छ, पढाएको कुरा छिटो सिक्ने प्रयास गरिरहेका छन् ।

विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार ल्याउन ३ वर्षसम्म यहाँ पढाउन दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तराज बमले बताए ।

दुर्गमको विद्यालय हो, विद्यार्थीहरू अंग्रेजीमा कमजोर थिए, उनले भने, उहाँले हामीलाई गुन लाउनुभएको छ । २०११ सालमा स्थापित विद्यालयमा झन्डै दुई सय विद्यार्थी र आठ शिक्षक छन् ।