भरतपुरमा भुइँकटर र सुर्यको नामनिशान नै हरायो, माओवादीले मेयर जित्यो (अन्तिम मत परिणाम हेर्नुहोस)

जागृति खबर संवाददाता

९ जेठ, काठमाडौं ।

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् ।

एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४,६४७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ४४,६४७ मत प्राप्त गरेकी छन् ।

रेनु दाहाल भरतपुरमा फेरि मेयर बन्ने पक्का

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल फेरि मेयर बन्ने पक्का भएको छ।

आइतबार साँझसम्म ९८ हजार १ सय ७ मत गणना सक्दा दाहालले ३८ हजार ७ सय ८ मत पाएकी छन्। उनका निकटतम् प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ३० हजार १ सय ९२ मत पाएका छन्। उनीहरूबीच ८ हजार ५ सय १६ मतको अन्तर छ।

भरतपुरमा अब ९ वटा वडाको ३१ हजा २ सय ५५ मत गन्न बाँकी छ। त्योमध्ये पनि वडा नम्बर २१ र २२ को केही मत गणना भइसकेको छ।

मतपरिणाम सार्वजनिक भएका वडा र बाँकी वडाको विश्लेषण गर्दा एमाले उम्मेदवार सुवेदीले अब ‘कमब्याक’ गरेर दाहाललाई उछिन्ने सम्भावना एकदमै झिनो छ।

२० वडाको मतगणनाको तथ्यांक हेर्ने हो भने अहिलेसम्म सुवेदीले दाहाललाई तीन वडामा मात्रै लिड गरेका छन्। वडानम्बर २,३ र १२ मा सुवेदीले केही सयको लिड गरेका छन्।

एमालेले भरतपुरका २, १०, ११ र १२ नम्बर वडालाई आफ्नो गढ मान्छ। सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर ११ मा २०७४ को चुनावमा एमाले उम्मेदवार देवी ज्ञवालीले दाहाललाई ११ सयभन्दा बढी मतले लिड गरेका थिए। त्यही वडामा यसपालि सुवेदी दाहालसँग १६९ मतले पछि परे।

वडा नम्बर १८ सुवेदीको पुरानो गाउँ हो। त्यहाँ एमाले उम्मेदवारले वडाध्यक्ष जितेका छन्। त्यही वडामा दाहालले विजयलाई ६ सय मतले पछि पारिन्।

२० मध्ये पाँच वडामा एमालेले अध्यक्ष जितेको छ तर कुनै पनि वडामा सुवेदीले एमाले वडाध्यक्षले पाएको मत ल्याउन सकेका छैनन्।

एमालेले वडा नम्बर ३, ११, १२, १८ र १९ मा वडाध्यक्ष जितेको छ।

वडा नम्बर ३ मा वडाध्यक्ष जितेका विकास थापाले १६६६ भोट ल्याए। तर त्यो वडामा सुवेदीले १०२६ मात्रै मत पाए। वडा नम्बर ११ मा वडाध्यक्ष जितेका कमल मल्लले ३९३९ मत ल्याएका थिए। एमालेले सबै भन्दा ठूलो गढ मान्ने यो वडामा सुवेदीले आफ्नै वडाध्यक्षले भन्दा ६०२ कम भोट पाए।

आफ्नै घर भएको वडा नम्बर १२ मा सुवेदीले वडाध्यक्ष जितेका लेखराज पन्तले भन्दा २४१ कम भोट ल्याउन सके।

एमालेले वडाध्यक्ष जितेको अर्को वडा १८ नम्बर सुवेदीको पुरानो गाउँ हो। यहाँबाट एमालेकै बाबुराम रानामगर वडाध्यक्ष भए। तर यहाँबाट पनि मेयरका उम्मेदवार सुवेदीले उनले भन्दा ५२१ कम भोट पाए।

भरतपुरको वडा नम्बर १९ नेपाली कांग्रेसको गढका रूपमा परिचित थियो। यो वडाको कांग्रेसको गढ यसपटक एमालेका प्रकाश तामाङले भत्काइदिएका छन्। तर मेयरका उम्मेदवार सुवेदीका लागि भने यो वडा पनि सुखद बन्न सकेन। यो वडाले उनलाई वडाध्यक्षलाई भन्दा ६४२ भोट कम दियो।

वडा नम्बर ३ मा सुवेदीले पाएको मत गठबन्धनकी उम्मेदवार रेनु दाहालले पाएको भन्दा ४१ ले बढी थियो। उनले वडाध्यक्ष जितेको अर्को वडा ११ नम्बरमा दाहालले भन्दा १६९ भोट कम पाए। वडा नम्बर १२ मा दाहालले भन्दा सुवेदीले २७५ भोट बढी पाएका थिए।

वडाध्यक्ष जितेका वडाहरू १८ र १९ नम्बरमा सुवेदीले दाहालले भन्दा ६४० र ८९ भोट कम पाए।

मतगणनामा सहभागी नेकपा एमालेका प्रतिनिधिकाअनुसार वडाध्यक्षमा भोट हालेका धेरै एमालेकै कार्यकर्ताले मेयरमा सुवेदीलाई भोट दिएका छैनन्।

‘बरू एकीकृत समाजवादीको भोट पनि हाम्रा वडाध्यक्षलाई आएको देखियो,’ ती प्रतिनिधिले सेतोपाटीसँग भने, ‘कतै त एकीकृत समाजवादीले एमालेको वडाध्यक्षमा हाल्ने र एमालेले गठबन्धनको मेयरमा भोट हाल्नेगरी सेटिङ नै भएको जस्तो देखियो।’

अब गन्न बाँकी वडामा पनि सुवेदीले अन्तिम परिणामलाई उल्टाउने गरी मत ल्याउने सम्भावना छैन। गन्न बाँकी वडाहरूलाई त उसले आफ्ना गढ पनि मान्दैन।

अब एमालेलाई अलिअलि आशा वडा नम्बर २३, २५, २७ र २८ मा छ। यी वडा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्रमा पर्छन्। एमाले र राप्रपाले भरतपुरमा मेयर र उपमेयर गठबन्धन गरेका छन्।

गठबन्धनका कारण ती चार वडामा राप्रपाको केही मत सुवेदीलाई आउन सक्छ। तर अहिलेसम्मको ट्रेन्डले राप्रपाको सबै मत सुवेदीलाई गएको देखिँदैन।

२०७४ को मत गणना हेर्दा पनि बाँकी वडामा एमालेले उल्लेख मत पाउने सम्भावना छैन। किनकी त्यतिबेला पनि ज्ञवाली र दाहालले यी वडामा उस्ताउस्तै मत पाएका थिए।

वडा नम्बर २१ मा ज्ञवालीले १४७० मत पाउँदा दाहालले १८३१ मत ल्याएकी थिइन्। वडा नम्बर २२ मा ज्ञवालीको १०५१ र दाहालको १२०४ मत थियो। वडा नम्बर २३ मा ज्ञवालीले १०७९ मत ल्याउँदा दाहालले ९९५ मत पाएकी थिइन्।

वडा नम्बर २४मा ज्ञवालीले ६६२ र रेनु ४९८ मत पाएका थिए। वडा नम्बर २५ मा ज्ञवालीले १२०५ मत पाउँदा दाहालले १३५० मत ल्याएकी थिइन्।

वडा नम्बर २६ मा ज्ञवालीभन्दा दाहालले झन्डै पाँच सय मत बढी पाएकी थिइन्। उक्त वडामा ज्ञवालीले ९४१ र दाहालले १४११ मत ल्याएका थिए।

वडा नम्बर २७ मा ज्ञवालीले दाहाललाई पछि पारेका थिए। ज्ञवालीले ११४४ मत ल्याउँदा दाहालले ६९७ मत मात्र पाएकी थिइन्।

वडा नम्बर २८ मा ज्ञवालीले ८३८ र दाहालले ४४२ मत पाएका थिए। २९ नम्बर वडामा ज्ञवालीले १२२० मत ल्याउँदा दाहालले ८८० मत पाएकी थिइन्।

यो पनि हेर्नुहोस,

६५ वर्षीय लेखबहादुर जसले कैयौँ आशा र समृद्धिका नारा लेखे, तर परिवर्तन देखेनन्

लेखबहादुर राना ६५ वर्षका भए । उनी तम्घासमा आर्टको व्यावसायिक सुरुवात गर्ने पहिलो व्यक्ति हुन् । जसले ४३ वर्षदेखि तम्घासमा आर्टको काम गर्छन् । राना अहिले पार्टीका झन्डा बनाउन व्यस्त छन् ।

उनले अहिलेजस्तै व्यवस्था परिवर्तन र समृद्धिका थुप्रै नारा, झन्डा तथा पार्टीहरूका ब्यानरमा कोरे । बुढ्यौलीले कपाल फुल्यो । तर, आफ्नो र देशको अवस्था फेरिएन । उनकोमा सबै पार्टीका झन्डा बनाउन आउँछन् । झन्डा सधैँ बनाउन पर्दैन । यो मौसमी व्यापार हो ।

पार्टीका सभा, समारोह र चुनावहरमा मात्रै झन्डा बनाउनुपर्छ । उनले यो चुनावमा अहिलेसम्म सबै पार्टीका गरेर करिब सात सय झन्डा बनाएका छन् । तीन किसिमका झन्डा बन्ने गरेका छन् ।

साना झन्डाको मूल्य सय, मझौलाको तीन सय र ठूला झन्डाको मूल्य पाँच सय रहेको लेखबहादुरले बताए । पार्टीको चिह्नअनुसार मूल्य पनि फरक पर्छ । झन्डा र ब्यानर पनि मेसिनमार्फत छाप्न थालेकाले हातले लेख्नेहरूको व्यवसाय संकटमा परेको रानाले गुनासो गरे ।

डिजिटलसँगै निर्वाचन आयोगले टिसर्ट, टोली, ब्यानरमा प्रतिबन्ध लगाएपछि व्यवसाय संकटमा परेको उनको भनाइ छ । ‘थुप्रै वर्षदेखि पार्टीका झन्डा र ब्यानर बनाएको छु । कैयौँ समृद्धिका नारा पनि पार्टीका ब्यानर र भित्ताहरले लेखँ,’ उनले भने, ‘बुढेसकालसम्म न मेरो प्रगति भयो न देशको समृद्धि ।’

जब स्थायी जागिर छोडेर काम खोज्न बजार छिरे

लेखबहादुर रानाको घर छत्रदेव गाउँपालिका– ५ अर्घाखाँची हो । उनले ०३६ सालबाट तम्घासमा आर्टको काम गर्दै आएका छन् । राना गाउँकै एक विद्यालयमा स्थायी शिक्षक थिए । उनी विद्यालय पुग्न डेढ घन्टा लाग्थ्यो ।

मासिक एक सय ८२ रुपैयाँ मात्रै पारिश्रमिक थियो । त्यसवेला पेन्सन हुन्थेन । रानाको मन डुल्यो । त्यसपछि १५ पुस ०३६ सालमा हिउँदे बिदाको मौकामा काम खोज्न तम्घास आए । त्यसवेला गाउँका कुलप्रसाद श्रेष्ठ गुल्मी अदालतमा लेखापढी गर्थे ।

रानाले पनि श्रेष्ठको सहयोगी भएर सँगै सिक्न थाले । तर, उनको अक्षर र चित्रकला राम्रो भएकाले अधिवक्ता प्रेम आचार्यको आग्रहमा बजारकै राजकुमार कक्षपतिकोमा बसेर घडी, रेडियो मर्मत र आर्टको काम थाले ।

लगत्तै हुलाकमार्फत विद्यालयमा राजीनामा पठाए । उनले कक्षपतिकोमा लगभग ६ वर्ष काम गरे । रानाले ०४३ सालदेखि आफैँले लगानी गरेर व्यावसायिक आर्टको काम थालेका हुन् ।