भरतपुरमा विजय सुवेदी जित्ने सम्भावना कती आयो यस्तो खबर !

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहाल पाँच हजार एक सय ६७ मतान्तरले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ६० हजार सात सय ७५ मत गणना गर्दा दाहालको २७ हजार पाँच सय २३ मत आएको छ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीको २२ हजार तीन सय ६० मत आएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको नौ हजार ६ सय दुई मत आएको छ। उपमेमयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी २९ हजार ६ सय ७५ मतसहित अग्रस्थानमा छन्।

उनलाई १७ हजार तीन सय ९३ मतसहित एमाले– राप्रपा गठबन्धनकी हिमला गुरुङले पछ्याइरहेकी छन्।

अहिले भरतपुर १५ को मतगणना भइरहेको छ। सोही वडामा एमालेले आफ्नो पकड भने पनि रेनु दाहाललाई पपुलर भोट आइरहेको छ।

बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याउनुभयो ।

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत ल्याउनुभयो ।

बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो । उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित दशवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रमध्ये वडाध्यक्ष पदमा सात वडामा कांग्रेसका उम्मेदवार, चारमा एमाले र दुईवटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।