फेरी ६० प्रतिशत भाग लिएर एमालेसँग एकता गर्दै प्रचण्ड !

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको बताउनुभएको छ ।

उहाँले धेरै इमान्दार नेता भएको पार्टी एमाले नै हो तर नेतृत्वको बन्दी भएका छन् उहाँले भन्नुभयो ।

बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवी करण तथा एकता कार्यक्रममा उहाँले एमालेभित्रका इमान्दार नेता

कार्यकर्ताको नेतृत्व पनि एकदिन आफूले गर्ने जिकिर गर्नु भयो ।एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’

प्रचण्ड ले भन्नुभयो, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को क स्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन् ।

तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

उहाँले ‘प्रतिक्रियावादी, प्रतिगम नकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुपर्छ भन्नुभयो ।

हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन उहाँले भन्नुभयो ।’

प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूह रुले पाएको भए पार्टी नफुट्ने समेत दावी गर्नुभयो ।

‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हा मीले ६०–४० लिन्थ्यौं ।

त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उहाँले भन्नुभयो ।

पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्ड ले त्यो मात्रै पर्याप्त भने नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न ।

हामीले सबै कम्यु निष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यस को सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’

यी हुन् निर्वाचनमा विजयी कलाकार

यतिबेला चौतर्फी चर्चाको केन्द्र बनेका छन् र्‍यापर बालेन साह । काठमाडौंं महानगरपालिकाको मेयरको दौडमा रहेका उनी अहिलेसम्मको मतगणनामा सबैभन्दा अगाडि छन् ।

अन्तिम मत परिणामसम्म उनको अग्रता यही हिसाबले कायम रह्यो भने उनी मेयरमा विजयी हुनेछन् ।

काठमाडौंं महानगरको मेयरमा बालेनको अग्रता मात्र कहाँ हो र ? यो स्थानीय निर्वाचनमा देशको विभिन्न स्थानबाट समेत कलाकारले जित हासिल गरेका छन् ।

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को वडाध्यक्षमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित निकटतम प्रतिद्वन्द्वी एमालेका राम आचार्यलाई जम्मा १० मतले हराए । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडामा पराजित भएका थिए ।

घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा समेत गरिसकेका छन् ।

उनले आफूले पाउने सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा खर्च गर्ने बताए ।

फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रूपमा चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनी थुप्रै म्युजिक भिडियोमा पनि देखिएका छन् ।

फिल्म निर्देशक मुनाल घिमिरे (मधुसूदन शर्मा) पनि वडाध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनी दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् ।

घिमिरे १५२५ मत ल्याएर विजयी घोषित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण जिएमले भने १४३३ मत प्राप्त गरे ।

फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माणसमेत गरेका उनले ‘खबरदार’, ‘इच्छा’ फिल्म निर्देशन गरेका छन् ।

त्यस्तै गीतकार महेन्द्रदीप राई (महेन्द्रराज राई) पनि स् सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५५१ प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई जम्मा एक मतले पछि परेका थिए । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलावा ‘पूर्वेली थिती’ लगायत करिब दर्जन बढी गीत आएका छन् ।

‘डिठ्ठा साहेब’ को नामले परिचित हास्य कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यमा विजयी भएका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । उनले केही फिल्मका निर्देशन गरेका छन् ।

गायक, गीतकार तथा संगीतकार गम्बु शेर्पा जसपाबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा नेपाली काँंग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । शेर्पाले २ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए ।

उता फिल्म निर्माता गणेश केसी ललितपुरको महाँकाल गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट ३ हजार ४ सय ५५ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामाले २ हजार ८ सय ८७ मत प्राप्त गरेकी थिइन् । केसी फिल्म ‘सूर्या’ का निर्माता हुन् । उनले थुप्रै म्यूजिक भिडियो पनि निर्माण गरेका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरु

स्थानीय निर्वाचनमा उम्मेदवार बनेर विजय हासिल गर्ने कलाकारको अलावा उम्मेदवारी दर्ता गरेर फिर्ता लिने कलाकार पनि छन् । ती हुन् हास्य कलाकार दिनेश काफ्ले र फिल्म निर्माता पूर्ण प्रसाद सुवेदी ‘मिलन’ ।

चर्चित हास्य कलाकार दिनेश काफ्लेले सिन्धुली कमलामाई नगरपालिका–८ को वडाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गराएकोमा पछि फिर्ता लिएका थिए ।

मोरङको केराबारी गाउँपालिका–८ बाट वडाध्यक्ष उम्मेदवार मनोनयन दर्ता गराएका निर्माता पूर्ण प्रसाद सुवेदी ‘मिलन’ले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । थुप्रै नेपाली फिल्ममा प्रोडक्सन म्यानेजरको काम गरेका मिलनले ‘इतिहास’ नामक फिल्म पनि निर्माण गरेका छन् ।