झलनाथको क्षेत्रमा एमाले पत्तासाफ, नेकपा एसका राई बने मेयर

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकामा उक्त पार्टीले जित निकालेको छ ।नेकपा एसका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन् । उनले १२ हजार ४ सय ३१ मत पाए । उनीसँग हारेका नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत पाए ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई हराउँदै बराल विजयी भएका हुन् ।विजयी बरालले ११ हजार ८ सय ५१ मत पाए भने एमालेकी भट्टराईले ९ हजार १ सय २२ मत पाएर हारिन् । यहाँ नेकपा एस नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्। केही बेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। उनी निवर्तमान उपप्रमुख हुन्।

मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्। उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

हेटौँडा उपमहानगरमा गठबन्धन बनेको थियो। लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ।हेटौँडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४७३ मतदाता छन्। जसमध्ये ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ अन्य मतदाता रहेका छन्।

हेटौँडाको प्रमुखका लागि नेकपा एमाले अनन्तप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सञ्जिव खराललाई उम्मेदवार बनाएको थियाे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेशमान सिंह र नेकपा मालेबाट केशव घर्ती पनि उपमहानगरको प्रमुखकाे प्रतिस्पर्धामा थिए।

उपप्रमुखमा एमालेबाट सुमित्रा काफ्ले, लोसपाबाट नानीमैयाँ श्रेष्ठ, राप्रपाबाट इन्दिरा न्यौपाने र मालेबाट अम्बिका लामिछानेले प्रतिस्पर्धा गरेका थिए। हेटौंडामा नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै एकीकृत समाजवादीकी नेतृ लामा प्रमुख बन्न सफल भएकी हुन्।