कलैया उपमहानगरमा सत्ता गठबन्धनले हार्‍यो, एमालेकाे शानदार जीत

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

बाराको कलैया उपमहानगरपालिकामा एमाले विजयी भएको छ। सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका हुन्।मेयरमा एमालेका विनोद साहले २२ हजार ९६ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश राय यादवले १६ हजार ८७६ मत पाएका छन्।

उपमेयरमा एमालेकी रौशन परविन विजयी भएकी छन्। परविनले १७ हजार ३३५ मत ल्याइन्। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रमोद गुप्ताले १६ हजार ७७० मत पाए। २०७४ को चुनावमा कलैयाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो। यसअघि एमालेले दाङको घोराहीमा गठबन्धनलाई हराएर जित हात पारेको थियो।

रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणिन्द्र शर्मा ५८२ मतान्तरसहित विजय भएका छन् । उनी १५ हजार ६८६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चित्रबहादुर कार्कीले १५ हजार १०४ मत ल्याए । कार्की सैनामैनाका निवर्तमान मेयर हुन् ।
यता उपमेयरमा भने नेकपा (एमाले)की विना राना दुईहजार ४२ मतान्तरसहित विजयी भएकी छन् । रानाले १५ हजार ७६२ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मानबहादुर महतले १३ हजार ७२० मत ल्याएका थिए ।

ललितपुर महानगरमा प्रमुखमा एमाले र उपप्रमुखमा एमालेको अग्रता

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पघिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ७०० र उहाँका निकटतम प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाउनुभएको छ ।

हालसम्म १३ वटा वडाको मत गणना हुँदा आठ वडामा अध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा (एकीकृत समाजबादी)का दुईदुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट नं ४ मा सञ्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादूर महर्जन र ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिन ब्यञ्जनकार, ११ अरोजकुमार खड्की र १४ मा अमृतजङ्ग महत विजयी हुनुभएको छ ।

वडा नम्वर २ मा एकीकृत समाजबादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नम्वर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नम्वर ५ मा एमालेका विकासमान श्रेष्ठ र १२ मा नारायणलाल अवाले विजयी हुनुभएको छ । हाल वडा नम्वर ९, ११ र १२ को गणना जारी छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म १३ वटा वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकोमा शनिबारदेखि मतगणना शुरु भएको थियो । शुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल चार वडाको एकै पटक गणना भइरहेको छ । हाल वडा नम्वर १३, १५, १६ र १७ को गणना जारी छ ।