देशभर एमाले हारेपछी लामो कारण लेख्दै भिम रावलले दिए राजिनामा !

जागृति खबर संवाददाता

६ जेष्ठ, काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् । उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् ।

उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

शुक्रवार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताउँदै आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरेका थिए । थापाले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको उल्लेख गरेका थिए ।

भिम रावलले दिए राजिनामा, यस्तो छ कारण ।

एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नहुँदै केन्द्रीय सदस्य मनोनीत गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए ।

नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ । तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र

सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

पार्टीमा भएको छलफल र कार्यदलको निर्णय लागू नहुने अवस्थामा पदमा बसिरहन उचित नभएकाले राजीनामा घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, भोलि राजीनामा पत्र पेश गर्छु ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै

कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएको हो, उहाँले भन्नुभयो

१२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसकेको अवस्थामा पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् हो, मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।

उपाध्यक्ष रावलले प्रभु शाहसँगको कुराकानी मिलाउन अध्यक्षले मनलाग्दी तरिकाले दुई जना केन्द्रीय सदस्य थपेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने घोषणा गर्नुभएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

कात्तिक १२ गतेभित्र १० बुँदे सहमति पूर्ण कार्यान्वयन गर्ने

नेकपा (एमाले)को १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्यतुीय मेसिन प्रयोग गरिने भएको छ ।

दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उहाँले बताउनुभयो ।

महाधिवेशनमा विभिन्न मुलकका मित्र र भाइचार पार्टी लगायत देशभित्र रहेका राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गर्ने निर्णय पनि एमालेको स्थायी कमिटी बैठकले गरेको छ ।

१० बुँदे सहमति आम रूपमा कार्यान्वयन भएको बताउँदै प्रवक्ता ज्ञवालीले एकाध ठाउँमा देखिएका समस्यालाई

१२ गतेको केन्द्रीय कमिटी बैठकसम्म पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विरामी भई अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र

हालै दिवंगत हुुनु भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धा,ञ्जली समेत व्यक्त गरेको एमालेले जनाएको छ ।