राती ८:० बजेको अपडेट : भरतपुर महानगरपालिकाको ६० हजार मत गणना हुँदा, कसकाे मत कति ?

जागृति खबर संवाददाता

६ जेष्ठ, काठमाडौं ।

भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी छन।

महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गरे। महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम रोखेकी छन्।

अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गरे।

यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएको छ। यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो।

ललितपुर महानगरमा प्रमुखमा एमाले र उपप्रमुखमा एमालेको अग्रता
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पघिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ७०० र उहाँका निकटतम प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाउनुभएको छ । हालसम्म १३ वटा वडाको मत गणना हुँदा आठ वडामा अध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा (एकीकृत समाजबादी)का दुईदुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट नं ४ मा सञ्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादूर महर्जन र ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिन ब्यञ्जनकार, ११ अरोजकुमार खड्की र १४ मा अमृतजङ्ग महत विजयी हुनुभएको छ । वडा नम्वर २ मा एकीकृत समाजबादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नम्वर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नम्वर ५ मा एमालेका विकासमान श्रेष्ठ र १२ मा नारायणलाल अवाले विजयी हुनुभएको छ । हाल वडा नम्वर ९, ११ र १२ को गणना जारी छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म १३ वटा वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकोमा शनिबारदेखि मतगणना शुरु भएको थियो । शुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल चार वडाको एकै पटक गणना भइरहेको छ । हाल वडा नम्वर १३, १५, १६ र १७ को गणना जारी छ ।