केशव स्थापित गरे चमत्कार आयो यस्तो खबर, बालेलाई तनाब !

जागृति खबर संवाददाता

६ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणनामा देश विदेशबाट धेरैभन्दा धेरैको चासो बढेको छ ।स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने केशव स्थापितले बढी ल्याएका छन्।

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका हुन्। उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए।

११ नं वडासम्म बालेन साह अघि बढ्छन् भने त्यसपछि १२ देखि २७ सम्म आफ्नो मत मेकअप हुने स्थापितको भनाई छ। स्थापितका अनुसार यी वडाको मतगणनापछि बालेनलाई उछिन्ने अथवा प्रतिस्पर्धामा उत्रनेछन् ।

‘अहिले म बोल्नु नै छैन। मतले बोलिरहेको छ। मेरो सुधारमात्र होइन राम्रो हुन्छ,’ उनले भने, ‘प्रत्येक वडामा ११ वडासम्म बालेन अगाडि बढ्छ।

८ मा बराबरी हुन्छ। ७ मा अलिकति बढ्छ। १२ देखि मेकअप हुँदै जान्छ।उनले वडा नं २७ मा आफ्नो ४ गुणा मत बढी आउने दाबी गरे। ‘१२ देखि लगातार २७ सम्म मेरो राम्रो हुन्छ,

अनि हेरौंला। २७ मा मेरो ३ गुणा आएको देख्नुभएन्?’ उनले अघि भने, ‘अब ३ गुणा होइन ४ गुणा हुन्छ होला।’

पछिल्लो मतपरिणाम अनुसार सो वडामा ५ सय मत गन्दा स्थापितले २ सय, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४६ र बालेन साहले ४६ मत प्राप्त गरेका छन्।

रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला दुवाडीलाई आठ हजार ६९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गर्नुभएको थियो । दुवाडी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी हुनुभएको थियो । राप्रपाका हरिशरण भट्टराईले एक हजार १८५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा एमालेका यादव पाठक विजयी हुनुभएको छ । पाठकले गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरेलाई एक हजार १६० मत अन्तरले पराजित गर्नुभएको हो । पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गर्नुभयो ।

यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले एक हजार ५६७ मत र स्वतन्त्रका उम्मेदवार बिरञ्जना घिमिरेले दुई हजार ३३३ मत प्राप्त गर्नुभयो । यस पालिकामा गठबन्धनबाट १, २, ३, ४, ५, ६, ८, १०, १४ कांग्रेस, वडा नं १२ मा माओवादी केन्द्र, ७, ११, १३, १५ र १६ मा एमाले र वडा नं ९ मा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो ।