फेरी हुनेभयो माओवादी र एमालेको एकता, प्रचण्ड अध्यक्ष र प्रधानमन्त्री, ओली दोश्रो अध्यक्ष !

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने नेता श्रेष्ठको भनाइ छ ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने बताएका हुन् ।

निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन थियो ।

हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ’ श्रेष्ठले भने, ‘अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् ।

पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस्’ सबैसँग अनुरोध गर्दै श्रेष्ठले भने ।

उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण २०५९ सालमा प्रतिगमन भएर राजालाई बुझाए पनि अहिले फरक परिस्थितिमा देउवासँग सहकार्य गरिरहेको भन्दै एमालेसँग पूर्वाग्रह नराखिने बताए ।

‘तर एक पटकको प्रतिगामी कदम चालेका शक्ति सधैँ त्यस्तै भइरहन्छ भन्ने होइन, नयाँ ढंगले अगाडि बढ्न सकिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा उहाँको कारणले राजामा शक्ति गएर प्रतिगमन भएको थाहा छ’, श्रेष्ठको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले चालेको प्रतिगामी कदमसँग लड्न देउवाकै नेतृत्वमा गठबन्धन गर्दै नयाँ सरकार देउवाकै नेतृत्वमा बनाएको भन्दै उनले भने ‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आयो भने आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ ।’

श्रेष्ठले हठ र पूर्वाग्रहका आधारमा सोच्ने काम गर्न नहुने बताए ।

‘कसैले पनि हठ र पूर्वाग्रहका आधारमा सोच्ने काम गर्नु हुन्न, राजनीतिमा त्यो उपयुक्त पनि हुँदैन’, श्रेष्ठको भनाइ छ ।

काठमाडौं उपत्यकामा किन माओवादी कमजोर ?

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित काठमाडौंबाट चार र ललितपुरबाट तीन गरी ७ जना उम्मेदवारले चुनाव जिते ।

भक्तपुरमा शून्य भए पनि काठमाडौं र ललितपुरमा विजयको उभारले माओवादी उत्साहित भयो । तर दोस्रो संविधानसभा (२०७० साल) चुनावमा माओवादी उपत्यकामै शून्य भयो ।

त्यसयता तत्कालीन एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभामा ललितपुरबाट पम्फा भुसालसहित प्रदेश सभा सदस्यमा राजकाजी महर्जन र लालकुमारी पुन ‘सुशीला’ बाहेक काठमाडौं र भक्तपुरबाट माओवादीका कसैले प्रत्यक्ष चुनाव जित्न सकेका छैनन् । २०७४ सालको स्थानीय चुनावमा उपत्यकाबाट माओवादीले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामात्रै जित्यो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी उपत्यकाका तीन जिल्लाबाट एक सीट पनि जित्न नसकेपछि शून्य भएको छ ।

ललितपुरको बागमती र महाँकाल गाउँपालिका उपाध्यक्ष र भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको उपप्रमुखमा गठबन्धनको साथ पाए पनि सकसपूर्ण रुपमा जित्यो ।

तर, काठमाडौं महानगरसहित ११ स्थानीय तह, ललितपुरका ६ र भक्तपुरका ४ स्थानीय तहमध्ये प्रमुख पदमा एक सीट पनि नजित्दा माओवादी केन्द्र शून्य भएको छ ।

माओवादी केन्द्रका वौद्धिक नेता राम कार्की सहरी क्षेत्रका जनतालाई लक्षितगरी नीति तथा कार्यक्रम बनाउन नसक्दा पार्टी पराजित हुने गरेको विश्लेषण गर्छन् ।
‘माओवादी गाउँबाट सहर घेर्ने रणनीति अनुरुप जनयुद्धबाट उदायो । माओवादीका नारा र कार्यक्रमहरु अगाडि जाँदै गर्दा सहरका गरिव, मजदुर, सुकुम्वासी सबैले साथ दिए ।

हामीले ०६४ मा जित्यौं,’ रातोपाटीसँग कुरा गर्दै कार्कीले भने, ‘चुनाव जितेपछि माओवादी काम गर्नेभन्दा बढी टुटफुट र विभाजन भयो । अरु पार्टीभन्दा माओवादी फरक होइन भन्ने पर्‍यो । ०७० सालमा जनताले हराए ।’

त्यसयता माओवादीलाई उपत्यकाका जनताले वास्ता नगरेको कार्कीले बताए । ‘सहरले छिटो साथी बनाउने छिट्टै छोडिदिने मनोविज्ञान हुन्छ । विश्वास नभएपछि हामीलाई छोडिदियो,’ कार्कीले भने, ‘हामीले उपत्यकावासीका लागि काम गरिरहेका छौं भन्ने कुरा उपत्यकाले बुझेन ।’

राजतन्त्रले दुःख दिएको पुस्ता माओवादीप्रति सकारात्मक भए पनि ०६० यता जन्मेको पुस्ता हावी हुँदा माओवादीप्रति उपत्यका सकारात्मक नै हुन नसकेको कार्कीको विश्लेषण छ ।

‘राजतन्त्र हुँदा जसले दुःख पायो । उसले पहिलेभन्दा राम्रो भयो भन्छ तर, अहिले ६० सालमा जन्मेको पुस्ता हावी छ । उनलाई राजतन्त्रको दुःख र माओवादी बलिदानबारे थाहै छैन ।

कसरी राजतन्त्र अन्त्य भयो ? कसरी माओवादी बलिदानले गणतन्त्र आयो ? थाहा छैन । पढेर बुझ्ने हो, त्यो पनि इतिहास लेखिएको छैन । त्यसैले माओवादी बलिदान उनका लागि दन्त्य कथा भयो ।’

यस्तै भक्तपुरबाटै माओवादीमा सक्रिय राजनीति गरेका पार्टी केन्द्रीय सदस्य डिपी ढकालले मिडिया क्षेत्र र सहरमा विचार बनाइदिने उपल्लो वौद्धिक वर्गले माओवादी क्रान्तिकारी शक्तिको रुपमा आएको मन नपराउने गरेको बताउँछन् । ‘माओवादीले उपत्यकाका जनताका लागि कुनै नयाँ प्याकेजको कार्यक्रम ल्याउन सकेको छैन ।

यहाँ मध्यम वर्ग र उच्च वर्ग बस्छ,’ उनले भने, ‘त्यसले गर्दा पनि माओवादीप्रतिको रुचि कम देखिन्छ ।’

सहरमा विचार बनाइदिने मिडिया, लेखक साहित्यकारजस्ता उपल्लो वौद्धिक वर्गले माओवादी क्रान्तिकारी शक्तिको रुपमा आएको मन नपराएको उनको भनाइ छ । उनले भने, ‘कुनै न कुनै रुपमा उनीहरुले माओवादी विरोधी जनमत बनाइदिने भूमिका खेलेकाले पार्टीलाई सहरमा बलियो बनाउन सकिएन ।’

तर, राजनीतिक विश्लेषक एवम लेखक राजेन्द्र महर्जनले काठमाडौंका लागि माओवादीले कामै गर्न नसक्दा जनताबाट समर्थन पाउन नसकेको टिप्पणी गरे । ‘माओवादीले जनताका लागि काठमाडौं उपत्यकामा जति काम गर्नुपर्ने हो, त्यति गर्नै सकेको छैन । त्यसैले माओवादी काठमाडौंमा कमजोर छ ।

माओवादीले स्वतन्त्र उम्मेदवारभन्दा कम मत ल्यायो,’ विश्लेषण गर्दै महर्जनले भने, ‘जनयुद्धमा उठाएका मुद्दाबाट फाईदा लिन सकिन्छ, त्यसैबाट ब्याज पाइन्छ भन्ने मान्यताको पछि लागेका छन् । अरु स्थानीय मुद्दामा प्रवेश गरेकै छैनन् ।’

काठमाडौ उपत्यकाले माओवादीलाई अपनत्व नलिँदा लोडसेडिङ अन्त्य भएको क्रेडिट समेत नदिएको महर्जनले बताए । उल्टै राज्यको नियमित प्रक्रियाबाट लोडसेडिङ अन्त्य भएको भन्दै प्रतिवाद गर्ने गरेको उनको भनाइ छ ।

यसै सन्दर्भमा माओवादी केन्द्रका नेता राम कार्की, केन्द्रीय सदस्य हिमाल शर्मा, केन्द्रीय सदस्य डीपी ढकाल, राजनीतिक विश्लेषक राजेन्द्र महर्जनसँग प्रतिक्रिया लिएको छ । प्रस्तुत छ, उनीहरुको भनाइ जस्ताको तस्तै–

गणतन्त्र, संघीयता र समावेशीलाई व्याख्यासहित समाजका विभिन्न क्षेत्रमा पु¥याउन सकेनौँ : राम कार्की

माओवादी गाउँबाट सहर घेर्ने रणनीति अनुरुप जनयुद्धबाट उदाएको पार्टी हो । माओवादीका नारा र कार्यक्रमहरु अगाडि जाँदै गर्दा सहरका गरिव, मजदुर, सुकुम्वासी र आर्थिक रुपमा विपन्न बस्तीहरुले साथ दियो । साथ दिएर २०६४ सालमा चुनाव पनि जितायो । काठमाडौ र ललितपुरबाट हाम्रो जित पनि भयो । पार्टी टुटफुट विभाजन हुँदै गयो ।

माओवादीको संस्कार र संस्कृति अरु पार्टीभन्दा भिन्न हुन छाड्यो, त्यसपछि अरुभन्दा माओवादी फरक होइन भन्ने प¥यो । त्यो २०७० को चुनावसम्म आइपुग्दा उदाङ्गियो ।

सहरले छिटो साथी बनाउँछ, छिटै नै छोडिदिन्छ । त्यसपछि हामीलाई छोडिदियो । हामीले उपत्यकाबासीका लागि काम गरिरहेको भन्ने बुझेनन् ।

हामीले नीति तथा कार्यक्रमहरु मजदुर, किसान, सुकुम्वासीका लागि ल्याएको भए साथ दिन्थे होलान् तर त्यो हुन सकेन । अहिले हामीले चेत्यौँ, सुध्रियौँ भनेपछि कतिपय ठाउँमा सुधार पनि भएको छ ।

राजतन्त्र हुँदा जसले भोग्यो दुःख पायो, पहिलेको भन्दा राम्रो भयो भन्ने सोच्छ । तर, अहिले ६० सालमा जन्मेका पुस्ता हावी छन् । उनलाई राजतन्त्रले दुःख दिएको थाहा छैन । माओवादी गरेको बलिदान थाहा छैन । कसरी राजतन्त्रको अन्त्य भयो भन्ने पनि थाहा छैन । त्यो पनि पढ्ने कुरा भयो ।

त्यसमाथि माओवादी बलिदानको इतिहास लेखिएको छैन । उनीहरुका लागि माओवादी बलिदान दन्त्य कथा भयो । वर्तमान पढ्दा अर्कै अवस्था देख्छन् । सबै नेताहरु बिग्रेको, सांस्कृतिक रुपमा तल पुगिसकेको देख्छन् ।

राजतन्त्रको पक्षमा लागेर जसले मजा लुटिराखेका थिए, बुढै भए पनि राम्रो छैन भनिहाल्छन् । हामीले गणतन्त्रलाई सामाजिक रुपमा विभिन्न क्षेत्रमा पु¥याउन सकेनौं । असफल भयौं ।

माओवादीले संघीयता र समावेशीलाई सामाजिक रुपमा विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्ने थियो, त्यो पनि गर्न सकेनौं । यदि हामीले गणतन्त्र, संघीयता र समावेशीलाई ब्याख्यासहित समाजका विभिन्न क्षेत्रमा पु¥याउने बित्तिकै माओवादी हाइहाई हुन्छ ।

उपत्यकामा चुनाव हारेको हार्‍यै भयौं, समीक्षा गर्नुपर्ने भयो : हिमाल शर्मा

यो चुनावमा उपत्यकाका सबै जिल्लामा गठबन्धन भएन । काठमाडौं महानगरमा मेयर काँग्रेस भयो, उपमेयर एकीकृत समाजवादीले लियो । महानगरका ३२ वडामा सहकार्य हुन सकेन ।

ललितपुरमा गठबन्धन भए पनि जित्न सकेनौँ । भक्तपुरमा आंशिक रुपमा मात्रै गठबन्धन भयो । उपत्यकामा माओवादी किन राम्रो हुन सकेन भन्ने विषयमा समीक्षा गर्नैपर्ने भयो ।

पटक पटक हारेका छौं । पार्टी संरचना बदलेको बदल्यै भयो । कमिटीहरु ठूला हुँदा भद्दा भए । पार्टी संगठन, सदस्य र विचारमा माओवादीपना देखिएन । त्यसले पनि हारेका हौं कि ! तर पछिल्लो अवस्थामा उपत्यकामा संगठन व्यवस्थित बनाएका थियौं । त्यही पनि राम्रो भएन ।

मान्छे त ठिक छ तर, चुनाव चिन्ह ठिक छैन भन्ने पनि गुनासा आएका छन् । हसिया हथौडामा जनताले मत हाल्न मन पराएका छैनन् । अब संगठनमा नयाँ खालको फरम्याटमा लानु पर्ने भयो । माओवादीसँग इगो राख्नेहरु गाउँबाट सहरमा धेरै आएका छन् । त्यसले पनि असर गरेको हुन सक्छ ।

उपत्यकाको वौद्धिक वर्ग माओवादी शक्तिमा आएको मन पराउँदैन त्यसैले माओवादी विरोधी जनमत बनाइदिन कुनै न कुनै भूमिका खेल्छन् ।

माओवादीले समग्रमा एक पटक पुनर्विचार गर्नुपर्ने भएको छ : डीपी ढकाल

उपत्यका तत्कालीन जनयुद्धमा कम प्रभाव परेको क्षेत्र हो । यहाँका जनतामा माओवादी भनेको ज्यानमारा हो, हत्यारा हो भन्ने स्कुलिङ सुनेर बस्यो । अहिले पनि त्यसको असर आम जनताका फेरिएको छैन, त्यही स्कुलिङको छाप गहिरो गरी परेको छ ।

अर्को कुरा उपत्यकामा रैथाने नेवार समुदाय, उपत्यकाको माथिल्लो भेगमा बस्ने तामाङ समुदाय बीचको काठ क्षेत्रमा बस्ने बाहुन क्षेत्री समुदायहरुका लागि लक्षित कार्यक्रम ल्याउन सकिएको छैन । हाम्रो पार्टीले लिएको नीति आधारभूत रुपमा तल्लो वर्गलाई माथि उठाउने हो । उपत्यका मध्यम वर्ग र उच्च वर्ग बस्ने हो । त्यसले गर्दा पनि माओवादीप्रतिको रुचि कम देखिन्छ ।

मिडिया अथवा सहरका वौद्धिक वर्ग जसले विचार बनाइदिने काम गर्छ, उसले माओवादी क्रान्तिकारी शक्तिको रुपमा आएको मन पराउँदैनन् ।

माओवादी विरोधी जनमत बनाइदिने कुनै न कुनै भूमिका खेलेको पाइन्छ । उपत्यका बाहिर पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म माओवादी नेता कार्यकर्ताले भात नखाएको घरै छैन ।

हामीले हिजोदेखि नै उपत्यकामा काम ग¥यौं तर हामीले उपत्यकामा माओवादी भनेर भात खाएको एक हजार घर पनि पुग्दैन । मिडिया र उपल्लो वौद्धिक वर्गले जुन भ्रम छ-यो, त्यसमा जनता अल्झिए । माओवादीले गरेको बलिदान हो । यस्तै १२ हजारको वरपर हो ।

त्यसैको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । जनयुद्धमा बलिदान भएको १२ हजार सबै माओवादीले मा¥यो भनेर भ्रम छरेर जनतालाई भ्रममा पारिएको छ ।

ललितपुर जनमोर्चा हुँदादेखि नै प्रभाव क्षेत्र हो । २०४८ सालमा प्रतिस्पर्धामा आएको क्षेत्र हो । त्यसैको बलमा २०६४ सालमा चुनाव जितेको हो । त्यतिमात्रै होइन, काठमाडौंबाट पनि तीन सीट त जित्यो । भक्तपुरमा शून्य भयो । उपत्यकामा यस्तै १०÷१५ घरानियाँ वर्ग छन् उनीहरुले माओवादी उदाएको मन पराउँदैनन् ।

हेरौं न भन्ने मनोविज्ञान भएकाले २०६४ सालमा माओवादीले जित्यो । त्यस यता माओवादीलाई चुनाव जित्न निक्कै गाह्रो भइरहेको छ । अब माओवादीले समग्रमा एक पटक पुनर्विचार गर्नुपर्ने भएको छ ।

माओवादीले गरेको बलिदानका बारेमा बुझाउनु पर्ने छ । माओवादीकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र आयो । समावेशी समानुपातिक आएको हो भन्ने बुझाउनु पर्ने छ ।

समानुपातिक समावेशीले उपत्यका तामाङ र नेवार समुदायलाई लाभ भएको छ । त्यो समुदायले यो कुरा बुझेको छैन । कसको कारणले हामीले लाभ लियौं भन्ने बुझेको छैन । काठ क्षेत्रमा भएको बाहुन क्षेत्री समुदायलाई समावेशीताको कारणले गर्दा हाम्रो भाग खोसियो भन्ने परेको छ । यो बुझाउन सकिएको छैन ।

माओवादीलाई काठमाडौंले हाम्रो संस्कृतिविरुद्ध छ भन्ने बुझ्यो र अपवनत्व लिएन : राजेन्द्र महर्जन

माओवादीले काठमाडौंका जनताका लागि जति काम गर्नु पर्ने हो, त्यति कामै गरेको छैन । त्यसैले माओवादी काठमाडौंमा कमजोर छ । अझै पनि माओवादी स्वतन्त्र उम्मेदवारभन्दा कम मत हुने खतरा छ । काठमाडौंका मुद्दामा खासै कामै गरेन ।

जनयुद्धमा उठाएका मुद्दाबाट फाईदा लिन सकिन्छ, त्यसैबाट ब्याज पाइन्छ भन्ने मुडमा पछि लागेका छन् । अर्को स्थानीय रुपमा पार्टीमा काम गर्नेको छवि राम्रो भएन । उपत्यका र काठमाडौंका मुद्दाहरु ल्याएर जति संघर्ष गर्नुपर्ने हो, त्यो गर्न सकेन ।

सबैभन्दा नराम्रो माओवादीको नेतृत्वको सरकारले नेवारी परम्परामाथि हमला गर्न थाल्यो । त्यो दुईचार हजार रुपैयाँका लागि संस्कृतिमा छोएपछि माओवादीसँग मान्छेहरु भड्किए ।

जस्तै, काठमाडौंको जात्रामा राज्यले अनुदान दिने चलन थियो । त्यसलाई कटौति ग-यो । अधिकांश मान्छे माओवादी हाम्रो संस्कृतिविरुद्ध छन् भन्ने स्थापित भयो ।

त्यतिबेला माओवादी र सरकारविरुद्ध नाराबाजी भएर संघर्ष भएपछि सम्झौता भएर निर्णय फिर्ता भयो । यस्तायस्ता कुरा कुराले माओवादी पछाडि प-यो ।

स्थानीय मूल्यमान्यतालाई कसरी चलाउने हो भन्ने बुझ्न सकेनन् । जनयुद्ध र सरकारमा हुँदा नीतिगत रुपमा काम गर्न सकेनन् । पछिल्लो समय जातीय र भाषागत कुराहरु छोड्दै गएपछि स्थानीय नेवारहरूले जनयुद्धको क्रममा मान्छेको समर्थन बटुल्नमात्रै यस्ता मुद्दा उठाए भन्ने प¥यो ।

माओवादीले लोडसेडिङ अन्त्य गरेको भने पनि काठमाडौंले आफ्नो ठान्नु प¥यो नि ! त्यो ठानेकै छैन । राज्यको नियमित प्रक्रियाबाट भयो भन्नेगरी प्रति टिप्पणी गरेर गर्नेहरुले गरे ।

त्यो आमजनतामा सरकारात्मक प्रभाव पर्दै परेन । आफूले गरेका कामहरु जनताको बीचमा पु¥याएर संगठन विस्तार गर्न सकिन्थ्यो, त्यो गर्न सकेनन् ।

आवेशमा आएको भरमा संगठन बन्दैन र चुनाव पनि जित्न सकिँदैन ।