ताजा अपडेट : भरतपुर ११ मा विजयले लिए अग्रता, पछि परिन् रेनु

जागृति खबर संवाददाता

५ जेष्ठ, चितवन ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना अहिले जारी छ। अहिलेसम्म ४५ हजार ६० मत गणना हुँदा महानगरको मेयरमा गठबन्धनकी रेनु दाहालले १६६८९, एमालेका विजय सुवेदीले १३४१० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ भोट पाएका छन्। दाहाल र सुवेदीको मतान्तर ३२७९ छ।

वडा नम्बर १० मा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ। केही भोटले दाहाल अघि छन्। वडा नम्बर ११ को प्रारम्भिक गणनामा सुवेदी केही भोटले अघि छन्।

वडा नम्बर ११ को ११ सय मतगणना हुँदा वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन्। वडा नम्बर १० मा ३३४९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर खनाल २६० भोटले अघि छन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले दोश्रो वडाध्यक्ष जितेको छ। वडा नम्बर ९ बाट उक्त पार्टीका उम्मेदवार यमलाल कँडेल विजयी भएका हुन्। उनी गठबन्धनबट वडाध्यक्षको उम्मेदवार थिए।

कँडेलले १९५८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलाबल्लभ भुषालले १४०६ भोट ल्याए। यसअघि उक्त पार्टीले वडा नम्बर ७ मा पनि वडाध्यक्ष जितेको थियो।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुखमा एमाले
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी हुनुभएको हो ।

ढकालले गठबन्धनका तर्फबाट कांगे्रसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गर्नुभएको हो । ढकालले १६ हजार ३८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गर्नुभयो । कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व कांगे्रसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा कांगे्रस र उपप्रमुखमा एमाले विजयी भएका थिए ।

यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो मत ल्याएको छ । उक्त पार्टीका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार छ र उपप्रमुख पदका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ६९७ मत प्राप्त गर्नुभयो । सुर्खेतका नौमध्ये अब सिम्ता गाउँपालिकाको मात्र निर्वाचन परिणाम आउन बाँकी छ । त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।