ताजा परिणामः काठमाडौं महानगर: कोर एरियामा स्थापितको सानदार अग्रता !

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरको कोर एरियामा पर्ने वडा नम्बर २७ को पहिलो मतपरिणामअनुसार नेकपा (एमाले) केशव स्थापितले सुरुवाती अग्रता प्राप्त गरेका छन् ।

कोर एरियाको पहिलो अपडेटअनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् जबकी स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

यो पनि हेर्नुहोस
पोखरा महानगरपालिकामा अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ ।

नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ ।

पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार २१२ मतसहित चौथो स्थानमा छन् ।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख-उपप्रमुखमा एमाले
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी हुनुभएको हो ।

ढकालले गठबन्धनका तर्फबाट कांगे्रसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गर्नुभएको हो । ढकालले १६ हजार ३८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गर्नुभयो । कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व कांगे्रसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा कांगे्रस र उपप्रमुखमा एमाले विजयी भएका थिए ।

यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो मत ल्याएको छ । उक्त पार्टीका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार छ र उपप्रमुख पदका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ६९७ मत प्राप्त गर्नुभयो । सुर्खेतका नौमध्ये अब सिम्ता गाउँपालिकाको मात्र निर्वाचन परिणाम आउन बाँकी छ । त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

दुई पालिकाको नेतृत्वमा महिला
दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।

बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ ।

बागलुङका चार नगरपालिका र छ गाउँपालिकामध्ये २०७४ सालको निर्वाचनमा छ पालिकाका उपप्रमखु तथा उपाध्यक्षमा महिला थिए । अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हीराकुमारी छन्त्याल मात्रै निर्वाचित हुनुभएको छ । अन्य पालिकामा पुरुषले मात्रै नेतृत्व गर्ने भएका छन् । बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन् ।

पाँच दलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।

पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वडा रहेको बागलुङमा वडाध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ । गठबन्धले कांग्रेसबाट बडिगाडको अध्यक्षमा मात्रै महिला सिफारिस गरेको थियो भने तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को छुट्टाछुट्टै उम्मेदवारी थियो ।