गठबन्धनले धोका दियो भन्दै एमालेसँग मिल्ने माधव नेपालको चेतावनी…

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने भएको बताए ।

उनले आगामी चुनावमा एमालेसँग मिल्ने चेतावी पनि दिएका छन् ।नेपालले चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा ।

भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए । नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५–२० ठाउँमा ।

पालिका जित्ने अनुमान रहेको भन्दै गठबन्धनबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका हुन् । फेरी एकैपटक १० वडामा माओवादी केन्द्रको पुरै प्यानल बिजयी, देशभर खुसियाली !

स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले देशभर १० ठाउँमा बिजय हात पारेको छ ।

अहिले सम्म हामीलाई प्राप्त भए अनुसार माओवादीले जितेका स्थानीय तहहरु यसप्रकार छन

१- रुकुम पश्चिमको सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी

रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा ।

नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मतसहित अग्रता कायम गरेका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।

उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् । सानीभेरी १ सँंगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ । मुसीकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन् । २- कुमाख–१ को वडा अध्यक्षमा माओवादीका राना निर्वाचित

सल्यान — जिल्लाको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् ।

कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार रानाका प्रतिद्वन्द्वी रहेका कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए ।

१ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् ।

कुमाख गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मानबहादुर बुढाथोकीले ५ सय ५८ मत र ।

माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार डिल्लीराज जैसीले ५ सय १७ मत ल्याएका रिजालले जानकारी गराए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी ।
धनसरा मल्लले ५ सय ५८ र एमालेका उम्मेदवार लालबहादुर रानाले ४८० मत ल्याएका छन् ।कुमाख गाउँपालिका १ मा कुल मतदाता १ हजार ७ सय ३९ रहेकामा १ हजार २ सय १४ मत खसेको थियो ।

३- रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्र विजयी

अछाम — अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

४- हुम्लाको ताजाँकोट १ मा माओवादी विजयी, पालिकामा पनि माओवादीकै अग्रता

हुम्लाको ताजाँकोट १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी भएको छ । अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । पालिकामा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएको छ ।

दुई वडाको मतगणना हुँदा माओवादीले अग्रता लिएको हाे । ४ सय ५७ मत गणना गर्दा अध्यक्ष लालकेश जैशी २सय ३७ मत पाएका छन् भने एमालेका अजमल बुढा १ सय ६१ मत प्राप्त गरेका छन् । १ सय ६ मतले माओवादी केन्द्र लालकेशको अग्रता छ ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले २ सय ३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् । कांग्रेसकै बागी तिलक बहादुर शाहीले १ सय १० मत प्राप्त गरेका छन् ।

५- राप्ती गाउँपालिका – ९ मा माओवादीका मगर विजयी दाङ — स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ ।

राप्ती गाउँपालिका – ९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा मगरले ३ सय ५८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १ सय ९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए ।
राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।६- सल्यानको खुमाख गापा ७ मा पनि माओवादी केन्द्रको पुरै प्यानल बिजयी ।