साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो: केशव स्थापित

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । योहोखबरसंग कुराकानी गर्दै स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।

सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् । सुरुवाती चरणमा बालेन शाहको पहिलो मत आइरहका बेला स्थापितले भने, ‘म त अहिले एल्लो प्यागोडामा छु, राष्ट्रियसभा गृहतिर केही मानिसहरु हल्ला गर्दैछन् रे, ती बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो, त्यसपछि उनीहरु घर जान्छन् त्यसपछि म जान्छु । विजयी उत्सव मनाएर मात्रै फर्किन्छु ।’

‘अहिले एक हजार मत नै गनिएको छैन, लाखौँ भोट गन्न बाँकी छ’ उनले भने, ‘अहिले नै धेरै बोल्नु राम्रो हुँदैन ।’ अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । उनले ३०२ मतले अग्रता कायम गरेका छन् । केशव स्थापितको २०६ मत रहेको छ ।

रोजगारीमा २० वर्षदेखि ६० वर्षभित्र रहने
रोजगारीमा खटिने व्यक्तिको उमेरको हकमा २० वर्षदेखि ६० वर्षभित्र रहने छ। विभिन्न शीर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिको हकमा उनीहरूलाई ९रोजगारी वा जीवननिर्वाह भत्ता० मध्य एउटा रोज्न दिइने छ।

व्यक्तिको क्षमता अनुसार काम दिइने
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महतले रोजगारीको समय अवधि एक वर्षको हुने बताए। रोजगारी दिइएका व्यक्तिलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सबै घरपरिवारलाई हुने छ।

माओवादी केन्द्रका उम्मेदवारको प्रतिबद्धता पत्र
विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात् गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यौन दुराचार आरोपीलाई उम्मेदवार बनाउनु नै गलतः महिला अधिकारकर्मी

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेका केशव स्थापित विवादमा तानिइरहने व्यक्ति हुन् । चुनावको बेला फेरि उनले आफ्नै अभिव्यक्तिले सार्वजनिक रुपमा आलोचना खेप्नु परेको छ ।

बिहीबार काठमाडौंको नेशनल कलेजमा भएको अन्तरक्रियामा उनले दिएको अस्वाभाविक अभिव्यक्तिको फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । मीटुमा मुछिएका उनलाई पार्टी कार्यकर्ता र आफ्नाले बचाउ गर्ने प्रयास गरेपछि यसले झन तरंग ल्याएको छ ।

त्यसो त ‘महिला हिंसामा शुन्य सहनशीलता’ भन्ने अभियानमा रहेका महिला अधिकारकर्मी तथा स्थापित निकट महिला नेतृहरु उनको पक्षपोषणमा लागेको समेत देखिन्छ ।एमाले निकट महिलाहरुले स्थापितको संरक्षण गर्दै सामाजिक सञ्जालमा चुनावी फण्डा भन्दै आचारसंहिता पालना गर्न पीडितलाई चेतावनी दिइरहेका छन् ।

तर उनीहरुले बुझाउन खोजेको आचारसंहिता के रहेछ ? भनेर रातोपाटीले बुझ्ने प्रयास गर्दा धेरैले आफू यो विषयमा बोलेर विवादमा आउन नचाहेको अभिव्यक्ति दिए ।

यसै विषयमा पीडित रश्मिला प्रजापति र समाजशास्त्री निर्मला ढकालको विचार यहाँ समेटिएको छ । साथै, आफू उपर लागेको आरोपबारे केशव स्थापितले १२ बुँदे प्रष्टीकरण सामाजिक सञ्जाल फेसबुकमा पस्केका छन्, यो पनि यहाँ समेटिएको छ ।

स्थापितलाई उम्मेदवार किन बनाइयो ?: रश्मिला प्रजापति
चुनावको बेला मीटु कुरा उठाउनु भन्दा पनि एमालेले यौन दुराचारको आरोप लागेको व्यक्तिलाई किन उम्मेदवार बनायो ? प्रश्न यो हो । यौन दुराचारीलाई राजनीतिक दलहरुले पार्टीभित्रै कारवाही गरेको विश्वमा धेरै उदाहरण छन् ।

तर हाम्रो देशमा भने उल्टै पुरस्कृत गरिँदो रहेछ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा मीटु आयो भन्नुभएको छ । उहाँले तथ्य नबुझी कुन नैतिकताले स्थापितको पक्षपोषणमा बोल्नुभएको हो ? एमाले ठुलो पार्टी भएर पनि नैतिकता छोडेर हिँडेको देख्दा अचम्म लागेको छ ।

अर्को, उहाँसँगै उपमेयरकी उम्मेदवार भएकी सुनिता डंगोल, जसले शिक्षित युवाहरुको प्रतिनिधि हुँ भनिरहँदा आफै मीटु अभियान बुझ्नु भएको रहेनछ । अथवा पद बचाउनका लागि आरोपितलाई काखी च्याप्ने अभिव्यक्ति दिनु भएको हो ? यदि पुरुषले पद र शक्तिको दुरुपयोग गरेर कुनैपनि महिलालाई यौन दुव्यर्वहार गरेको छ भने दुर्व्यवहार विरुद्ध बोल्ने अभियान हो मीटु ।

सर्वसाधारणले स्थापित विकृत मान्छे रहेछ भनेर बुझेका छन् । एकजना किशोरीको प्रश्नको सामना गर्न नसकेर ‘यो बैनीले वेश्यावृत्ति गर्छ’ भनेर लेख्न लगाइदिऊँ भनेर खुलेआम बोल्छन् । सार्वजनिक ठाउँमा धम्की दिनेले उसको अफिसमा कस्तो व्यवहार गर्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

पार्टीका महिला लगायत सञ्चारिकाकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि दुराचारीको बचाउ गर्नुभएको छ । यो जति लज्जाशरणम्को अर्को कुरा के हुन्छ होला ? महिला भएर यौन दुराचारीको आरोप लागेको व्यक्तिको संरक्षणमा लागेर के सन्देश दिन खोजिएको हो ?

मीटु को सन्दर्भमा सन् २०१७ मा नै मैले आफ्नो कुरा उठाएकी छु । सुरुको दिनदेखि मेरो एउटै कुरा छ । उहाँलाई फसाउन कसैले मलाई प्रयोग गरेको भए मेरा भनाइहरु बाझिन्थे । बरु स्थापितले फरक फरक कुरा बोल्नुभएको छ । घरी पागल भनेर मानसिक औषधी निःशुल्क पाइन्छ भन्नुभएको छ ।

उहाँ मेयर छँदा महानगरपालिकाबाट मलाई कहिले भ्रष्टाचार गरेर निकालेको भन्ने, कहिले काम नगरेर निकालेको भनेको छ । सत्य कुरा सधैं एउटै हुन्छ । मैले र उज्जलाले स्थापित नाम कोड गरेर लेख्यौ । तर अरुले कोड नगरी हिंसा दुव्र्यहार भएको कुरा लेखेका थिए ।

हामीले बोलेका बेला उहाँ बागमती प्रदेशको मन्त्री हुनुहुन्थ्यो । त्यतिबेला पनि यस्तो मान्छेलाई मन्त्री बनाउने ? भनेर हामीले प्रश्न गरेको हो । उहाँलाई सिध्याउने अभियान हाम्रो होइन । सचेतनाको लागि आवाज उठाएको हो ।

हाम्रो समाजमा मलाई हिंसा भयो भनेर बोल्न गाह्रो छ । बोलिहाले पनि पीडितमाथि नै जाइ लाग्छन् । आरोपितले हो निर्दोषको प्रमाण दिने । मैले कमेन्ट हेरेर बस्ने हो भने फस्ट्रेड हुन्छ । एमालेका कार्यकर्ता र स्थापितका मानिसहरुबाट जे मन लाग्यो, त्यही सामाजिक सञ्जालमा लेखिरहनु भएको छ ।

यति तुच्छ शब्द र तथानाम गाली गरिएको छ । तर म कत्ति पनि आत्तिएकी छैन । तिनीहरुको असंवेदनशीलता देखेर छक्क परेकी छु । उनीहरुको घरका दिदीबहिनीको अवस्था कस्तो होला ? के महिलाले बोल्नै नपाउने यो देशमा ?