एकैपटक १० वडामा माओवादी केन्द्रको पुरै प्यानल बिजयी, देशभर खुसियाली !

जागृति खबर संवाददाता

३१ वैशाख, काठमाडौं ।

स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले देशभर १० ठाउँमा बिजय हात पारेको छ ।

अहिले सम्म हामीलाई प्राप्त भए अनुसार माओवादीले जितेका स्थानीय तहहरु यसप्रकार छन

१- रुकुम पश्चिमको सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी

रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मतसहित अग्रता कायम गरेका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।

उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।

सानीभेरी १ सँंगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ । मुसीकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन् ।

२- कुमाख–१ को वडा अध्यक्षमा माओवादीका राना निर्वाचित

सल्यान — जिल्लाको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् ।

कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार रानाका प्रतिद्वन्द्वी रहेका कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मानबहादुर बुढाथोकीले ५ सय ५८ मत र माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार डिल्लीराज जैसीले ५ सय १७ मत ल्याएका रिजालले जानकारी गराए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी धनसरा मल्लले ५ सय ५८ र एमालेका उम्मेदवार लालबहादुर रानाले ४८० मत ल्याएका छन् ।

कुमाख गाउँपालिका १ मा कुल मतदाता १ हजार ७ सय ३९ रहेकामा १ हजार २ सय १४ मत खसेको थियो ।

३- रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्र विजयी

अछाम — अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

४- हुम्लाको ताजाँकोट १ मा माओवादी विजयी, पालिकामा पनि माओवादीकै अग्रता

हुम्लाको ताजाँकोट १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी भएको छ । अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । पालिकामा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएको छ । दुई वडाको मतगणना हुँदा माओवादीले अग्रता लिएको हाे ।

४ सय ५७ मत गणना गर्दा अध्यक्ष लालकेश जैशी २सय ३७ मत पाएका छन् भने एमालेका अजमल बुढा १ सय ६१ मत प्राप्त गरेका छन् । १ सय ६ मतले माओवादी केन्द्र लालकेशको अग्रता छ ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले २ सय ३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् । कांग्रेसकै बागी तिलक बहादुर शाहीले १ सय १० मत प्राप्त गरेका छन् ।

५- राप्ती गाउँपालिका – ९ मा माओवादीका मगर विजयी

दाङ — स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका – ९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा मगरले ३ सय ५८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १ सय ९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

६- सल्यानको खुमाख गापा ७ मा पनि माओवादी केन्द्रको पुरै प्यानल बिजयी

कुमाख गाउँपालिकाको दोस्रो मतपरिणाम पनि माओवादी केन्द्रको पक्षमा:

काङ्ग्रेस एमाले गठबन्धनलाई तोद्डै नेकपा(माओवादी केन्द्र) का ७ नम्बर वडाध्यक्ष डम्बर शाही सहितको पुरै प्यानल विजयी भएको छ। हार्दिक बधाई एवं शुभकामना ! रमेश मल्ल, प्रचण्ड स्वकीय सचिवको फेसबुक बाट ।

७ – रोल्पाको थबाङ बागा ५ मा माओवादीको पुरै प्यानल बिजयी

जनयुद्वको लालकिल्ला रोल्पा थवाङले खाता खोल्यो । थवाङ गाउँपालिका वडा नं ५ मा काङ्ग्रेस,एमाले र विप्लव नेकपा गठबन्धनलाई हराउँदै भारीमतले नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी ।हार्दिक बधाई ।

किरण रम्बाको फेशबुक बाट साभार । ८- भोजपुर नपा १ मा पनि माओवादी बिजयी

खाता खोलियो !

बधाई जीरामणि राई र सबै टिम लाई साथै सबै वडावासी मतदाता नागरिकहरुलाई धन्यवाद !
वडा अध्यक्ष भोजपुर नगरपालिका – १

नेकपा (माओवादी केन्द्र) किरण रम्बाको फेशबुक वालबाट साभार ।

९- अपिहिमाल- ६ अध्यक्षमा माओवादीका धामी विजयी

अपिहिमाल गाउँपालिका- ६ मा गठबन्धनका धनसिंह धामीसहितको प्यानल विजयी भएको छ । धामी तीन सय ६५ मतसहित विजयी भएका हुन् । उनी माओवादी केन्द्रका उम्मेदवार थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का गामसिंह धामीले दुई सय ४८ मत ल्याएका थिए । गामसिंह धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै, अपिहिमाल गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले ५ सय ८५ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले ३ सय ४४मत ल्याएका छन् । मन्याल २०७४ सालको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

अपिहिमाल गाउँपालिका १ को अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए । अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएका थिए ।उनी कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।

१०- अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानलै विजयी भयाे भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन्

अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटामा कांग्रेसले विजयी हासिल गरेको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानलै विजयी भएको छ । साउदले ५ सय १९ मत पाएका छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धनले वडाध्यक्षमा १ सय ६८ र एमालेका उम्मेदवारले ८० मतका साथ पराजय भएका छन् ।

सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदकालागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।

यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए । अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिका मध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ ।

जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका लगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ ।