गठबन्धनकै भयो बेईज्जत : ९ सय गन्दा पायो जम्मा १२ मत, कुन ठाउँमा यस्तो हरिबिजोक ?

जागृति खबर संवाददाता

३१ वैशाख, काठमाडौं ।

काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।

बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए ।मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि

मोरङको कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी

थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् । मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा

माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति

इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् ।

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता
स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । उहाँले २१५ प्राप्त गर्नुभएको छ भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।