कतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

जागृति खबर संवाददाता

दोहा ।

घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् ।

आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो ।

यसअघि कतारले कोरोना महामारीको बीचमा फर्किनेले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको थियो ।

विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिले सोमबारदेखि अनुमति नचाहिने जानकारी दिएका छन् ।

उनले स्थानीय सञ्चार माध्यमालाई जानकारी दिँदै भनेका छन्,‘यदि कतारको वैधानिक आवासीय अनुमति छ र, उनीहरु कतार बाहिर ६ महिनाभन्दा कम समय बसेको छन् भने ‘एक्सेप्सनद इन्ट्री परमिट’ विना नै कतार प्रवेश गर्न पाउनेछन्।’

त्यस्तै विशेष परिस्थितिले ६ महिना कतार बाहिर बस्नु परेका कारण आवासीय अनुमति (आइडी कार्ड) को म्याद समाप्त भएका पनि आवश्यक प्रक्रिया पूरा गरेर कतार फर्किन पाउनेछन् ।

त्यस्ता व्यक्तिले कतारको इ–गगभर्मेन्ट वेबसाइट ‘हुकूमि’ वा ‘मेट्रास’ मार्फत प्रक्रिया पूरा गरी शुल्क तिर्नुपर्नेछ।

वैदेशिक श्रम विभागले निम्न जानकारी प्रदान गर्दछ

तपाईंले कम्पनीबाट व्यक्तिगत भिसा प्राप्त गरेपछि तपाईंको जम्मा गरिनुपर्छ। सकेसम्म चाँडो भाउचर सङ्कलन गर्नुहोस्। यहाँ रहेका देशहरूमा रहेका नेपाली कूटनीतिक कार्यालयहरू छन् जहाँ तपाईं काम गर्नुहुन्छ वा काम गर्नुहुन्छ। तिनीहरूको सम्पर्क जानकारी नोट गर्न निश्चित गर्नुहोस्। आवश्यक पर्दा तपाई सजिलैसँग सम्पर्क गर्न सक्नुहुन्छ।

कागजातमा सूचीबद्ध रकम भन्दा बढी नदिनुहोस्। तपाईंले विदेशमा काम गर्न अघि अभिमुखीकरण मार्फत जानुपर्छ। विदेशमा रोजगारीको लागि, कृपया निश्चित गर्नुहोस् कि तपाईंले यात्रा गर्नु अघि देश, कम्पनी, र तपाईंले प्राप्त गर्ने सुविधाहरू होसियारीपूर्वक अनुसन्धान गर्नुहोस्। तपाईंले यसलाई ध्यानपूर्वक पढिसकेपछि मात्र तपाईंले सम्झौतामा हस्ताक्षर गर्नुपर्छ। यो कागजातको प्रतिलिपि हातमा छ भनी सुनिश्चित गर्नुहोस्।

विदेश जाँदा अन्य विमानस्थलको सट्टा नेपाली विमानस्थलको प्रयोग गर्नु राम्रो हुन्छ, अन्यथा ठगीको सम्भावना हुन्छ । यदि तपाईंसँग यस विज्ञापनको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया वैदेशिक श्रम विभाग, ताहाचललाई सम्पर्क गर्नुहोस्। यदि तपाइँ वैदेशिक रोजगारको बारेमा विचार गर्दै हुनुहुन्छ भने निम्न निर्देशनहरू महत्त्वपूर्ण छन् ।