मलेसियाको Jinko Solar ले कामदारको तलब बेसिक RM 17 सय सहित RM 22 सय बनायो

जागृति खबर संवाददाता

क्वालालम्पुर :

मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब सहित तलब वृद्धि गरेको छ ।

न्युनतम तलब संगै jinko solar ले बिदेशि कामदारको तलब समेत वृद्धि गरेको छ । कम्पनीले तलब मापन स्केल वृद्धि भर्खरै गरेको हो ।

मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।

मलेसियाको Jinko Solar ले हाल कामदारलाई १३ सय रिङ्गेट दिएकोमा अब भने सो रकममा वृद्धि गरेर कम्तिमा पनि RM 17 सय पुराएको छ भने जम्मा तलब 22 सय पुराएको छ ।

मलेसिया सबै कम्पनीले बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 15 सय बनाइ सकेका छन् । त्यसमा सोलारले 17 सय न्युनतम बनाएको हो ।

मलेसिया सरकारले सन 2022 को अन्तसम्ममा सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।

Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको छ ।

नेपालको केही मेनपावर कम्पनीमा Jinko Solar को मागपत्र प्रमाणिकिकरण भएको बुझिएको छ ।

यस अगाडी टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी नामका कम्पनीहरुको उत्पादनले अमेरिकाले आफ्नो मुलुक प्रवेशमा रोकेपछि ति कम्पनीहरु आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए ।

यसैगरी श्रमिकहरुले पाउन बाँकी महिनौंको रकम पनि क्रमश: फिर्ता गर्न ति कम्पनीहरु बाध्य भएका छन् । कतिपय कम्पनीहरुले किस्तावन्दीमा रकम भुक्तानी गरिरहेका छन् ।

अमेरिकाले बाध्यकारी श्रम सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठनका ११ मध्ये १० वटा सूचकाँकहरु ब्राइट वे ग्रुपमा देखिएको रोटर्सले जनाएको छ । गत बर्षको डिसेम्वरमा मलेसियाले सो कम्पनीमा अनुगमन गरेको थियो ।

सो क्रममा श्रमिकहरुलाई कन्टे-नरहरुमा बस्न बा-ध्य पारिएको भन्दै यसलाई आधुनिक दासता भन्न सकिने अवस्था रहेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका थिए ।