मलेसियामा रहेका नेपालीका लागि आयो खुशीको खबर : ह्वात्तै बढ्ने भयो परिश्रमिक

जागृति खबर संवाददाता

३० वैशाख, काठमाडौं ।

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गर्नुभएको हो ।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पु¥याउन प्रस्ताव गर्नुभएको थियो । सो क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

त्यसमध्ये पाँचवटा ग्लोव्स कम्पनी छन् । सो कम्पनीले आप्रवासी श्रमिकलाई बाध्य-कारी श्रममा फसाएको अभियोग लागेको छ । यसका बारेमा ब्राईट वे कम्पनीले भनें कुनै प्रतिकृया नजनाएको बेलायती सञ्चार संस्था रोटर्सले जनाएको छ ।

ब्राईट वे ग्रुप-द्दारा सञ्चालित ब्राईट वे सँगै लागोभा र वियोप्रो नामका कम्पनीहरुबाट उत्पादित सामान पनि अमेरिकी बजारमा प्रवेश गर्न रोकिएका छन् ।

यस अगाडी टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी नामका कम्पनीहरुको उत्पादनले अमेरिकाले आफ्नो मुलुक प्रवेशमा रोकेपछि ति कम्पनीहरु आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए ।

यसैगरी श्रमिकहरुले पाउन बाँकी महिनौंको रकम पनि क्रमश: फिर्ता गर्न ति कम्पनीहरु बाध्य भएका छन् । कतिपय कम्पनीहरुले किस्तावन्दीमा रकम भुक्तानी गरिरहेका छन् ।

अमेरिकाले बाध्यकारी श्रम सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठनका ११ मध्ये १० वटा सूचकाँकहरु ब्राइट वे ग्रुपमा देखिएको रोटर्सले जनाएको छ । गत बर्षको डिसेम्वरमा मलेसियाले सो कम्पनीमा अनुगमन गरेको थियो ।

सो क्रममा श्रमिकहरुलाई कन्टे-नरहरुमा बस्न बा-ध्य पारिएको भन्दै यसलाई आधुनिक दासता भन्न सकिने अवस्था रहेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका थिए ।