क्वाललम्पुर ।
मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।
यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ ।
यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप समाचार पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने
पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।
कुटनीतिक श्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लाग्नु भएको हो ।
उहाँहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका—पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संबाद भएको हो ।
उहाँहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गर्नुभएको जनाइएको छ ।