भखरै पूर्वमा गयो ७ म्याग्निच्युडको भूकम्प

जागृति खबर संवाददाता

१७ चैत, काठमाडौं ।

फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्‍निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।

उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ । ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।
म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम
म्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको छ । पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिनुभयो । छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको छ ।

कम्तीमा १० घरधुरी संलग्न हुने गरी क्षेत्र बनाएर कृषि सहकारी र समूहले आवेदन पेस गर्न सक्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । ताजा तरकारी खेती, कुखुरापालन, प्रास्टिक घर निर्माणका लागि किसानले कूल लागतको ९० प्रतिशत अनुदान पाउनेछन् ।

एक वटा समूहका लागि रु पाँच लाखका दरले अनुदान दिइने भएको छ । पोषण सुरक्षण कार्यक्रम निर्देशक समितिले पोषण अवस्था कमजोर भएका वडामा कार्यक्रम सञ्चालन गर्न छनोट गरेको थियो । बेनी नगरपालिकाको ३, ५ र ९, मङ्गला गाउँपालिकाको ३, ४ र ५, मालिकाको २, ३ र ४, धवलागिरीको २, ४, ५ र ६, रघुगङ्गाको ६, ७ र ८ तथा अन्नपूर्णको ६, ७ र ८ नम्बर वडामा कार्यक्रम लागू गरिएको हो ।

पोषण सुधारका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा म्याग्दीका स्थानीय तहहरुले रु ४५ लाख बजेट विनियोजन गरेका छन् । उपाध्यक्ष÷अध्यक्षसँग आमा कार्यक्रममार्फत गर्भवतीलाई अण्डा, सुत्केरीलाई घ्यू, कुखुरा, सरसफाइका सामग्री वितरण गर्ने कार्यक्रम बनाएका छन् ।