युक्रेनमा रुसको आक्रमणमा अहिलेसम्म १३५ बालबालिकाको मृत्यु

जागृति खबर संवाददाता

१२ चैत, काठमाडौं ।

रुसको युक्रेनमा आक्रमण भएको एक महिनामा १३५ बालबालिकाको मृत्यु भएको छ ।

युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १३५ बालबालिकाको मृत्यु भएको र १८४ जना घाइते भएको बताएको छ ।

हालैको हताहतको बारेमा अपडेट दिँदै अधिकारीहरूले लुहान्स्क क्षेत्रको रुबिझ्ने सहरमा भीषण लडाइँमा पछिल्लो पटक दुई बालबालिकाको मृत्यु भएको बताएका छन् ।

त्यस्तै बिहीबार, रूसी गोलाबारी पछि, डोनेट्स्क क्षेत्र, नोभोमीखाइलिभकामा ६ र १३ वर्षका दुई बालबालिका घाइते भएको बताइएको छ ।

अभियोजकहरूले १३, १४ र १५ वर्ष किशोरहरु जापोरिझिया क्षेत्रको ओबिल्नेमा घाइते भएको बताएका छन् ।

उनीहरुलाई मेलिटोपोल अस्पताल लगिएको थियो जहाँ एकको अवस्था गम्भीर रहेको सघन उपचार कक्षमा रहेको उनीहरुले बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक राजधानीमा सुरु
प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उद्घाटन गर्नुभयो ।

बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारीसहित सदस्य, प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष, पूर्वअध्यक्षलगायत ३०० भन्दा बढीको सहभागिता रहेको छ । बैठकमा अध्यक्ष तथा महासचिवको साङ्गठनिक प्रतिवेदन पेस हुनेछन् । उद्घाटन सत्र सकिएलगत्तै अहिले बन्दसत्र चलिरहेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले दशकौँको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर क्षतविक्षत हुन पुगेपछि फेरि नयाँ धारमा समाहित हुने उद्देश्यअनुरुप समाजवादी प्रेस सङ्ठगन स्थापना गरी सुदृढीकरण अभियानमा लागिएको बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठन, नेपालको केन्द्रीय समिति बनेको पाँच महिनामा सङ्गठनलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेश र केन्द्रीय तहमा सङ्गठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकिएको उहाँको भनाइ छ ।

देशभर १० हजारभन्दा बढी पत्रकार, झन्डै ६०० प्रसारण संस्था, २०० जति मूल प्रवाहका अनलाइन र त्यत्तिकै सङ्ख्यामा सञ्चालित छापा माध्यममा आबद्ध पत्रकारको हकहित, पेसागत सुरक्षा, वृत्तिविकास र सम्मानपूर्ण जीविकाको पक्षमा सङ्गठन क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।