मलेसियामा बिल्डिङको तेर्हौ तलाबाट हामफालेर नेपाली श्रमिकले गरे आ’त्मह’त्या !

जागृति खबर संवाददाता

काठमाडौं ।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकले आत्महत्या गरेका छ्न।

अन्दाजी ३५ बर्षिय नेपाली श्रमिक दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने कण्डोमिनियम (बिल्डिङ) को तेर्हौ तल्लाबाट हामफालेर अस्ति बुधबार साझ करिबकरिब ०६:०० बजेतिर आत्महत्या गरेका हुन।

जानकारी अनुसार दिपक चौधरी अवैधानिक हैसियतमा रहि साईबरजायाको डोमिनिकमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए। तर मृतक दिपक कुन कम्पनीसंग आवद्ध रहि काम गर्थे भन्ने बारे खुल्न सकेको छैन , र दिपकको घर पनि नेपाल कहाँ ? कुन जिल्लामा हो भन्ने बारे केही नखुलेको मलेसिया स्थित नेपाली दूतावास ले जनाउनुभएको छ।

घटना बारे थप अनुसन्धान र सोधखोज गरिरहेको दूतावास ले जनाएको छ। बुधबार उक्त घटना घटेको केहि समयभित्रै स्थानीय प्रहरी आएर मृतकको शवलाई पोस्टमार्टमको लागी अस्पतालमा लिएर गएको छ।

साउदीमा कोरोना भाइरस बढ्दो, नियम उल्लंघन गर्नेलाई १ लाख रियलसम्म जरिवाना

साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा हुनुपर्ने, सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनेलगायतका नियम लागू गरेको छ।

कोरोना भाइरस नियन्त्रणविरूद्धको नियम उल्लंघन गरे १ लाख रियलसम्म जरिवाना हुनेछ मास्क नलगाउने, सामाजिक दुरी कायम नराख्ने व्यक्तिलाई सुरूमा १ हजार रियाल जरिवाना हुने र जरिवाना उल्लंघन दोहोरिने सँग दोब्बर हुनेछ भने पुन दोहोर्‍याएको खण्डमा १ लाख रियलसम्म जरिवाना हुनेछ।

सरकारले विभिन्न क्षेत्रमा उपायहरू पुन : लागू गरेको २४ घण्टा भित्रमा कोरोना भाइरस सावधानीका उपायहरू र रोकथाम प्रोटोकलहरूको कुल ४ हजार १ सय ५९ उल्लंघन हरू पत्ता लगाएका छन्।
कोरोना भाइरस संक्रमित संख्या बढेसँगै नेपाली दुतावास रियाद र वाणिज्य दूतावास जेद्धाले कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कोरोना रोकथामको नियमको पालना गर्न आग्रह समेत गरेका छन्। हालसम्म साउदीमा ५ लाख ५६ हजार २ सय ३६ जना संक्रमित, ८ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ४१ हजार ८ सय ५३ जना निको भएका छन् ।