श्रीमती साटेर रोमान्स गर्ने ७ धनाढ्य पक्राउः १ हजार बढी सक्रिय रहेको खुलासा

जागृति खबर संवाददाता

काठमाडौं ।

शा रीरिक स म्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ ।

यो गिरोहमा संलग्न ७ जना प क्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए ।

पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे ।

यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए ।कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा रहेको इण्डियन एक्सप्रेसले खबर छापेको छ ।

एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उ जुरी दिएपछि यसको अनुसन्धानको क्रममा गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध पर-पुरुषसँग शा रीरिक स म्बनधको लागि बाध्य पारेको आ रोप लगाउँदै उजुरी दिएकी थिइन् ।

यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ ।’

पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले पर-पुरुषसँग शा रीरिक स म्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई प क्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो ।

यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शा रीरिक स म्बन्धका लागि ठुलो संख्यामा महिलाहरु साटासाट भइरहेको खुलासा भएको छ ।