काठमाडौंमा ‘मृत’ भेटिएका ‘लिभिङ टुगेदर’मा बस्ने अनिश र युनिशा, यस्तो छ घटनाको नालीबेली

जागृति खबर संवाददाता

२७ पुस, काठमाडौं ।

‘लिभिङ टुगेदरमा रहेका युवा-युवती बिहीबार राति काठमाडौंको फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरको कोठामा मृ त भेटिए।

मृ त भेटिनेमा संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी अन्दाजी २२ वर्षीया युनिशा राई छन्।

उनीहरु दुवैको श व पो स्टमा र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। बन्द कोठाभित्र दुवैजना मृत भेटिएकाले अहिलेसम्म उनीहरुको मृत्युमा तेस्रो व्यक्तिको सं लग्नता नदेखिएको महानगरीय प्रहरी अ पराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ बताउँछन्।

उनीहरुको मृत्युको कारणमध्ये म दिरा र ‘पब्जी तथा फ्री–फा’यर’ हुनसक्ने

यद्यपि, उनीहरुको मृत्यु के कारण भयो भन्ने विषय अहिलेसम्म रहस्यको गर्भमै छ। ‘बन्द कोठाभित्र रहेका दुवै जनाको मृत्यु भइसकेकाले यही कारणबाट वि वाद भयो वा हा नाहा न भएर मृत्यु भयो भन्ने अवस्था छैन,’ एसएसपी खापुङ भन्छन्।

यद्यपि, उनीहरुको मृत्युको कारणमध्ये म दिरा र ‘पब्जी तथा फ्री–फा’यर’ हुनसक्ने प्रहरी अधिकारी बताउँछन्। अनिश र युनिशा गेमबाटै साथी बनेका थिए। पब्जी खेल्ने क्रममै उनीहरुको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनिश सानीआमाको घरमा आमासँगै बस्दै आएका थिए। एक तले घरको एउटा कोठामा उनी सुत्थे भने अर्को कोठामा अनिशकी आमा। उनका बाबु भने वैदेशिक रोजगारीमा मेलेसियामा थिए। कक्षा १२ सम्म अध्ययन गरेका उनी विदेश जाने योजनामा थिए।

अनिशकी आमाले प्रहरीलाई बताएअनुसार उनी मोबाइलमा विभिन्न गेमहरु खेल्थे। रातिराति हा न् हा न्, मा र् मा र् भन्दै कराउँथे। यसरी पब्जी, फ्री–फा यर खेल्ने क्रममा त्यही माध्यममार्फत् उनी युनिशासँग साथी बनेका थिए। त्यसपछि उनले युनिशालाई आफू बस्दै आएको घरमा ल्याएका थिए।

करिब २० दिन अघिमात्रै पब्जीमार्फत् साथी बनेर लिभिङ-टुगेदरसम्मको अवस्थामा पुगेका उनीहरु गएराति

मृ त केटा-केटी दुवैको अवस्था बुझ्दा उनीहरु अलि ‘ट्रयाक आट’ भएजस्तो देखिएको महाशाखाकै एक अनुसन्धान अधिकारी बताउँछन्।

यसरी करिब २० दिन अघिमात्रै पब्जीमार्फत् साथी बनेर लिभिङ-टुगेदरसम्मको अवस्थामा पुगेका उनीहरु मृ’त अवस्थामा भेटिए। आइतबार राति उनीहरु सुतेको कोठामा आवाज आएको, कराएको जस्तो सुनिएको थियो। अघिल्ला दिनहरुमा जस्तै पब्जी, फ्री–फा’यर गेम खेलेर क राएका होलान् भन्ने अशिनकी आमाले सोचेकी थिइन्।

तर, निकै समयसम्म पनि ढाङढुङ गरेको आवाज आएको र घ्यार, घ्यार… गरेको आवाज सुनेपछि अनिशकी आमाले ढोका खोल्न खोज्दा ढोका खुलेन। त्यसपछि अर्को कोठामा बस्ने मान्छेलाई बोलाएर ढोका फो डेर हेर्दा न ग्न र अ र्ध न ग्न अवस्थामा दुवै जना ढ लेको अव स्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

राति करिब १२ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरी, महाशाखाका एसएसपी खापुङसहितको टोली घटनास्थल पुगेको थियो।

युवक क ट्टुमात्रै लगाएको अवस्थामा ढोका नजिक ढ लेको अवस्थामा थिए। उनको शरीर तातै थियो,’ परिसरका एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले युवकलाई हेल्पिङ ह्याण्ड अस्पताल पठायौं तर, डाक्टरले मृ त घोषित गरे।