साउदी अरबको अलमराई कम्पनीमा ठूलो संख्यामा रोजगारको अवसर

जागृति खबर संवाददाता

काठमाडौँ ।

साउदी अरबको बहुप्रतिष्ठित कम्पनिहरु Almarai companyमा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ । Almarai कम्पनिले बिभिन्न पोस्टका लागि ५० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. ३३,८१७/- देखि ६१,८३०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित ६१ हजार माथि रहेको छ । इच्छुक कामदारले एस. ओ. एस. म्यानपावर सर्भिस प्रा. लि. को कार्यालय धापासी, काठमाडौँ मा माघ ०१ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baideshikjobs.com मा जानु होला ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि अत्यन्त जरुरी सूचना

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ ।

यसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्‍याई यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।