गौतमबुद्ध विमानस्थल सञ्चालन खाडीका यी देशबाट सिधा उडान : मन्त्री आले !

जागृति खबर संवाददाता

भैरहवा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

शनिबार विमानस्थल निरीक्षणका क्रममा मन्त्रीले आलेले भारतसँग हवाई रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताए ।

केही समयअघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमती दिन आग्रह गरेको उनले बताए ।

मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको जनाए । उनले मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको जानकारी गराए ।

मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमीन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको ? भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे । उनले आयोजनाको ढिलाईका कारण यसअघि हुने भनिएको क्यालिब्रेसन फलाइट नभएको आरोप लगाए ।

मन्त्री आलेले अब ढिलाई नगर्न आयोजना र ठेकेदारलाई निर्देशन समेत दिए । गौतमबुुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहेपनि आईसीबी टुु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताए । उनले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको जानकारी गराए ।

आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । केही निर्माण र फिनिसिङका काम बाँकी छन् । मन्त्री आलेले आजै लुम्बिनी गुरुयोजनाबारे जानकारीसमेत लिएका थिए ।

हवाई यात्रा गर्दै हुनुहुन्छ भने सरकारले लगायो नयाँ नियम, अब यी नियम अनिवार्य लागु हुने !

सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भि’डभा’ड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ । नेपालमा संक्रमण पुन: बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।

त्यस्तै राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

तत्कालीन संविधानसभा सदस्य उहाँ नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका अध्यक्ष बन्नुभएको थयो । नवनिर्वाचित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, वीरबहादुर मर्र्साङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल, शोभानन्द राय, डम्बरप्रसाद महतो, सलिम राइन, महेन्द्रनारायण पासवान, दुर्गानन्द ठाकुर, विल्टु दास, अयुव राइन, प्रदीप मण्डल, उत्तम आचार्य, शिवनारायण साह, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, देवनारायण मरिक, पञ्चदेव खंग, इनरवती यादव, हरिशङ्कर इशर, डम्बर राई, राजेन्द्र सेन्चुरी, सन्तमान तामाङ, समु खातुन, ललितनारायण रजकलगायत रहनुभएको छ ।

यसैगरी सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।