सुमोका कारण तनाबमा कपिल शर्मा : हेर्नुहोस

जागृति खबर संवाददाता

काठमाडौं ।

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।नेपाल समचारपत्रमा खबर छ ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।

अन्य समाचार : अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक (भिडियो) अभिनेत्री आँचल शर्माले तेलुगु फिल्म ‘हिटम्यान’मा काम गरेकी छिन् । उनले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ । नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा आफूले पनि अभिनय गरेको आँचलले बताएकी हुन् ।

‘हिटम्यान’को छायांकन नेपाल र भारत दुवै ठाउँमा गरिएको छ । चलचित्र ‘हिटम्यान’लाई विष्णु अधिकारीले निर्देशन गरेका छन भने आफूले नेपाली संवाद नै बोलेको जानकारी आचल दिएकी हुन् ।

आँचलले चलचित्रको प्रिमियर हैदराबादमा हुने र आफू सहभागी हुने पनि जानकारी गराइन् । आँचलले आफ्नो कामको चलचित्र युनिटले प्रशंसा गरेको समेत बताइन् । ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गरेको उनले बताईन। चलचित्रको एउटा गीतमा पनि आँचललाई फिचरिङ गरिएको छ । यो गीतलाई नेपाली र तेलुगु भाषामा तयार गरिने छ।