विमानस्थलमा लफडा, संसदहरुले यस्तो उपद्रो गरेपछि चौतर्फी आलोचना

जागृति खबर संवाददाता

२४ पुस, काठमाडौं ।

बेल्ट फुकालेपछि ‘सालेहरु‘’ भन्दै सांसद सरासर भिआईपीतिर छिरे १ महिला प्रहरी तात्तिँदै थिए १ तर, पुरुष हाकिमले वास्तै गरिदिएनन् १ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आन्तरिक टर्मिनलको प्रवेशद्वारमा अस्ति सोमबार बिहान पौने ११ बजेको घटना हो यो।

कञ्चनपुर क्षेत्र नं। २ का एमाले सांसद नरबहादुर धामीले हो, आफ्नो बेल्ट खोल्न लगाएबापत महिला प्रहरीलाई ‘साले’ भन्दै गाली गरेको। संसदीय समितिको टोलीमा मिसिएर रामेश्वर राय यादव, विमल श्रीवास्तवहरुसहित श्री एयरलाइन्सको उडानबाट धनगढीका लागि प्रस्थान गर्न नरबहादुर त्यहाँ पुगेका थिए ।

काउण्टरबाट बोर्डिङ पास लिएपछि झोलाहरु एक्सरे मेसिनमा हाल्ने र यात्रुले साथमा भएका बेल्ट, पर्सहरु खोलेर राख्नुपर्ने नियमअनुसार प्रहरीले नरबहादुरलाई पनि त्यसो गर्न लगाए। शुरुमा उनी बेल्ट नखोली अगाडि बढ्दै थिए।

तर, ड्युटीमा रहेकी महिला प्रहरीले नम्रताका साथ भनिन्, ‘सर, बेल्ट खोलेर आउनुस् १ यसपछि आँखा बटार्दै नरबहादुरले बेल्ट त खोले, तर जाँच सकिएपछि ‘सालेहरु‘’ भन्दै दुर्वाच्य निकाले।

माननीयले नै यस्तो व्यहोरा देखाएपछि महिला प्रहरीले चेकिङ कमाण्डरका रुपमा रहेका सई कमल अधिकारीलाई सुनाए, ‘सर, यसले साले भन्यो १’ तर, सईले त्यो कुरामा त्यति ध्यान दिएनन्।

मान्यज्यूलाई बेल्ट पनि खोल्न लगाएको रु’ भन्दै उनले उल्टै प्रश्न गरेपछि महिला प्रहरीले थप प्रतिक्रिया दिइनन्। यात्रामा सहभागी अन्य माननीयहरुले जनआस्थालाई त्यस दिनको घटना विवरण यसरी सुनाए।

धामीजी भित्र भीआईपी कक्षमा ढिलो गरी आउनुभयो। आँखा रातो थियो, तम्तम्याइलो अवस्थामा देखिनुहुन्थ्यो। उडान समय भएकोले सुरक्षाकर्मीसँग भएको झडपबारे विस्तृत विवरण हामीलाई बताउन भ्याउनुभएन।

उनी तिनै सांसद हुन्, जसले केही समयअघि यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालको कार्यकक्षको ढोकामा लात्ती बजारेका थिए। अखिलको पोखरा महाधिवेशनबाट रामकुमारी झाँक्री अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्ष भएका धामी अहिले पनि एमालेमै छन्।

०७४ को निर्वाचनमा राजनीतिमा आफूभन्दा निकै सिनियर कांग्रेस नेता एनपी साउदलाई पराजित गरेपछि उनको घमण्ड बढेको कञ्चनपुरका एमाले नेताहरु बताउँछन्। यो खबर जनआस्थामा छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्।

भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्।

उनले भने, “ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्। सो निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए।

उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा सार्न मन्त्री ज्यूले निर्देशन दिनुभएको छ, हामी चाँडै सार्छौं। यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट छ।

त्यो भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ। विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ।

तेस्तै, नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले पहल लिएपछि उनको पद धरापमा परेको छ। उनलाई बतास समूहले मन्त्री पद खुस्काइदिने धम्की दिएको छ।

आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका छन्। आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि बोलाएर यस्तो धम्की दिएको हो ।

तपाईंहरूले हाम्रो पक्षमा समाचार लेखिदिनुपर्यो, ती व्यक्तिले भने, ‘हामीले सक्नेसम्म ज्याक लगाएका छौं । मन्त्री आलेले आफ्नै अध्यक्ष माधवकुमार नेपालले भनेको पनि मानेनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको पनि मानेनन्।

अब उनको जागिर जान्छ। उनले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरूलाई प्रलोभनसमेत दिएका छन् । नारायणहिटी, पशुपति, सेती नदीमा कब्जा जमाएको बतास समूहले अफ्नाबारे चौतर्फी आक्रमण हुन थालेपछि अनेक उपाए लगाउन थालेको छ ।

कतिपयले मन्त्री आलेले प्रधानमन्त्री पत्नी आरजु राणासँग टसल परेपछि यस्तो निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरेका बेला बिहीवार राणाले भने बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन्।

तर बतास समूहको वेबसाइटमा भने केही दिनअघिसम्म राणालाई सल्लाहकारको पोर्टफोलियोमा राखिएको थियो। अहिले साइटबाट राणाको नाम हटेको छ। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालनिकट स्रोतले भने।

नारायणहिटी दरबारमा निर्माणाधीन संरचना नरोक्न कुनै दबाब नदिइएको बताएको छ। पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका थिए।

उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन्। समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल,

आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ। आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन्।

आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन्। नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए।

भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ। हुनत यस्ता काण्डहरु नेपालमा सदबाहादुर हुन्।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट चल्न थालेको समाचार ब्रेक भएपछि देशैभरबाट बतासको कब्जामा रहेका सरकारी सम्पत्तिका बारेमा भटाभट समाचारहरू आउन थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा पोखराको सेती नदी ४० वर्षसम्म बतासलाई उत्खनन गर्न लीजमा दिइएको खुलेको छ भने पशुपतिनाथ परिसर भित्र रहेको धर्मशालालाई होटेल बनाएर चलाइएको पनि खुलासा भएको छ।

पोखराको संग्राहलय, पाटन दरबार स्क्वायरलगायत धेरै सरकारी र ऐतिहासिक महत्वका स्थानहरूमा बतासले आफ्नो कब्जा जमाएको बताइएको छ। जुन राजनीतिक दल सत्तामा हुन्छ।

त्यसैसँग निकट रहेर देशभरिका ऐतिहासिक स्थानहरू कब्जामा लिएर व्यवसाय गर्ने गरेको बतास समूह यतिबेला आफ्नो कर्तुत छोप्न प्रधानमन्त्रीलगायत अन्य नेताहरूको दैलो धाउन थालेको छ।